site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के युक्रेन युद्धका लागि इरानले रुसलाई ड्रोन पठाउन लागेको हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । युक्रेन युद्धको लागि रुसलाई इरानले सैयौँ ड्रोन उपलब्ध गराउने योजना बनाएको अमेरिकाले चेतावनी दिएको छ । यसमध्ये केही युद्ध क्षमतायुक्त भएको एकजना अमेरिकी अधिकारीले बताएका छन् । 

ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको सूचना अमेरिकाले पाएको बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अमेरिकी राष्ट्रपति जो बाइडेनले यही साता इजरायल र साउदी अरेबियाको भ्रमण गर्नुअघि सलिभनको यस्तो भनाइ आएको हो । उनका अनुसार इरानले ड्रोनहरू रुस पुर्‍याए/नपुर्‍याएको अझै स्पष्ट भइसकेको छैन । 

युक्रेन र रुस दुवैको लागि ड्रोनहरूले अभिन्न भूमिका खेलेका छन् । 

Royal Enfield Island Ad

गत हप्ता मात्र युक्रेनले आफ्नो युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ ड्रोनहरू सहयोग गर्न अपिल गरेको थियो । 

दुवै पक्षले ड्रोनलाई शत्रुको स्थानहरू पत्ता लगाउन र सही निसानामा प्रहार गर्न प्रयोग गरिरहेका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुलाई १९ मा इरानको राजधानी तेहरानको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ । उनले सिरियामा शान्ति वार्ताका लागि इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनसँग भेट गर्ने अपेक्षा गरिएको छ । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro