site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारसँग सहकार्य गर्छाैँ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ।
Siddhartha BankSiddhartha Bank

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । 

बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । 

Agni Group
NIC Asia

उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए । 

मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्ने तयारी गरेको बताए । 

Global Ime bank

"गाउँटोलसम्म पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम हामीले बुटवल उपमहानगरपालिकाबाटै सुरु गर्ने तयारी गरेका छौँ," उनले भने, "यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुन मोडलमा सञ्चालन गर्ने टुंगो लगाउँछौँ ।" 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu