site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्बाैँको जग्गा सरकारी हुने फैसलाविरुद्ध कोइराला परिवार पुनः सर्वोच्च जाने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । जिल्ला अदालत कास्कीले हालै गरेको पोखरा न्युरोडको जग्गा सरकारी हुने फैसलालाई लिएर कोइराला परिवार पुनरावेदन जाने भएको छ । यो जग्गाको विवाद जिल्ला हुँदै सर्वोच्च गएर पुनः जिल्लामा नै फर्किएको थियो ।

गत असार १३ गते जिल्ला अदालतले अर्बौँ रुपैयाँ पर्ने ५ रोपनीभन्दा बढी जग्गा उपत्यका नगर विकास समितिको नाममा हुने फैसला गरेको थियो । सोही फैसलाविरुद्ध कोइराला परिवार सर्वोच्चमा जाने तयारी गरेको हो । 

यो जग्गामा पोखरा ४ का राजेन्द्रनिधि कोइराला परिवारको दाबी रहँदै आएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले फैसला आफूहरूविरुद्ध आएको र अन्याय भएको भन्दै सर्वोच्च जाने जानकारी गराएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जग्गाको लालपूर्जा, तिरो तिरेको रसिदसहित उपस्थित भएका कोइराला परिवारले उक्त जग्गा आफ्नो पैतृक सम्पत्ति रहेको दाबी कायम राखेको छ ।

“हामीले सार्वजनिक, पाटीपौवाको जग्गा दाबी गरेका होइनौँ । जग्गाको प्रमाणपत्र भनेको लालपुर्जा हो । त्यो हामीसँग छ र तिरो पनि तिरेको छौँ भोगचलन हामीले नै गरेका छौंँ,” उनले भने, “हामीलाई जिल्ला अदालतले जुन किसिमले हराएको भनिएको छ । त्यसमा हामी पूर्ण असन्तुष्ट छौँ । हामीले न्याय खोज्ने क्रममा न्याय पाएनौँ । त्यसैले गलत र त्रुटीपूर्ण फैसलाको विरुद्ध हामी कहाँ जानुपर्छ हामी सिलसिला अनुसार न्यायालय जान्छौँ ।”

Royal Enfield Island Ad

कोइराला परिवारले उक्त जग्गाको अन्तिमपटक जरिवानासहित ८ लाख ५२ हजार ३ सय ५८ रुपैयाँ कर तिरिसकेका छन् । 

जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको इजसालले अघिल्लो सोमबार उक्त जग्गामा पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको थियो । उक्त फैसलापछि नगर उपत्यका विकासले आफ्नो जग्गा संरक्षण गर्ने भन्दै डोजर पनि चलाएको थियो । जग्गा खाली गर्न ३५ दिने सूचना टाँसेको केही घण्टामा नै महानगरले डोजर लगेपछि त्यहाँ बसोबास गरिरहेका परिवारहरूले अवरोध समेत गरेका थिए । तर, त्यहाँ रहेका मकैखेतीसहित झार फँडानी गरेर महानगर फर्कियो ।

कोइराला परिवारले आफ्ना पूर्वज करुणानिधि र खेमलाल कोइरालाको नामका जमिन समितिमा नगई आफूहरूमा आउनुपर्ने दाबी गरेका थिए । 

जग्गाको कहानी

पोखरा महानगरपालिकामा न्युरोडको बाटो खुलाउन भनेर जग्गा अधिग्रहण प्रक्रिया झण्डै पाँच दशकअघि नै सुरु भएको हो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले २०३१ सालतिर पोखरामा सडक विस्तारको योजना बनाउँदा पृथ्वी राजमार्गदेखि पृथ्वीनारायण कलेजसम्म फराकिलो बाटोले जोड्ने योजना ल्याए । 

योजनाअनुसार ल्याण्ड पुलिङ अर्थात् जनताको जग्गा लिएर जनतालाई नै फिर्ता गर्ने गरी योजना अघि बढ्यो । तीनसय फिटलाई आधार मान्ने र त्यसमध्ये सय फिट चौडा बाटो बनाउने र दायाँ–बायाँ सय फिटको घडेरी बनाउने योजनाअनुसार जनताबाट लिइएकोमध्ये ६६ फिट दायाँबायाँको जग्गा जग्गाधनीलाई फिर्ता गरिने निर्णय भयो ।

बाटो बनेपछि जग्गाको भाउ बढ्ने भएकाले त्यसो गरिएको थियो । जनताको जग्गा अधिग्रहण भयो । त्यसमध्ये करुणानिधि कोइराला र खेमराज कोइरालाको जग्गा पनि तत्कालीन न्युरोड एकीकृत जग्गा विकास कम्पनीले अधिग्रहण गर्‍याे । कोइराला परिवारले पनि अरुले जस्तै ६६ प्रतिशत जग्गा पायो ।

संयोग कस्तो भने ठेक्कापट्टाको काम गर्ने कोइराला परिवारको त्यो जग्गा मालपोत कार्यालयमा रोक्का थियो । रोक्का भएकाले उपत्यका नगर विकासले पाउनुपर्ने ५ रोपनी ७ आना ३ पैसा ३ दाम जग्गाको तत्काल स्वामित्व हस्तान्तरण भएन । २०३७ साल मंसिर २६ गते जग्गा फुकुवा भयो । कोइराला परिवारले उपत्यका नगर विकास समितिलाई जग्गा हस्तान्तरण गर्न आनाकानी गर्‍याे । कतिसम्म भने नेपाली कांग्रेसमा आस्था राख्ने सो परिवारले त्यहाँको बीपी कोइरालाको नाममा पुस्तकालय बनाउन जग्गा दिने घोषणासम्म गरेको थियो ।

घोषणामात्रै नभई एकपटक बीपी स्मृति दिवस पारेर त्यहाँ वृक्षरोपण पनि गरियो । उपत्यका नगर विकास समितिलाई जग्गा हस्तान्तरण गर्न बाँकी रहँदै त्योमध्ये ५ रोपनी ४ पैसा २ दाम जग्गा भने सुटुक्क बिक्री गरियो । ती जग्गा कास्की मालपोतबाट नभएर स्याङ्जा र तनहुँबाट राजीनामा पास गरिएको थियो । उपत्यका नगर विकास समितिले त्यो जग्गामा दाबी गरिरहँदा कोइराला परिवारले भने अंश बाँडफाट भन्दै उल्टै मुद्दा हाल्यो । करुणानिधि लगायतले अंश पाउनुपर्ने केही व्यक्तिलाई अशं नदिएको उनीहरूको जिकिर थियो ।

त्यही मुद्दाको फैसला बल्ल आएको हो । पोखराको व्यापारिक केन्द्रमा उक्त जग्गा खाली देखेपछि अनेकौँ शक्तिकेन्द्रहरूको पनि ध्यान त्यहीँ गयो । सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा अंश पाउनेसम्मको जग्गा फुकुवा गर्नू भन्ने आदेश आयो । पछि यो मुद्दा जहाँबाट सुरु भएको थियो त्यहीँ आइपुग्यो । अर्थात् जिल्ला अदालत कास्कीमा नै मुद्दा फिर्ता भयो । 

सरकारी जग्गा हडपेको भन्दै नागरिक समाजको तर्फबाट पनि मुद्दा तयार भएको थियो । तीनवटा मुद्दाको यही असार १३ गते फैसला भयो । जिल्ला अदालत कास्कीका मुख्य न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलालसले कित्ता नम्बर ११६८ को ५ रोपनी जमिन उपत्यका नगर विकास समितिकै हुने फैसला गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro