देश
काठमाडौं । सरकारले हेभी इक्विप्मेन्ट बिक्री गर्ने भएको छ । हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय काठमाडौंले आफूसँग रहेका हेभी इक्विप्मेन्ट बिक्री गर्न लागेको हो ।
डिभिजन कार्यालयका अनुसार ३१ वटा हेभी इक्विप्मेन्ट सरकारले लिलाम गर्न लागेको छ । पुराना स्पेयर पार्ट तथा औजार पनि सरकारले लिलाम गर्दै छ ।
हेभी इक्विप्मेन्टको न्यूनतम मूल्य १० लाख ५३ हजार तोकिएको छ । किन्न चाहने व्यक्ति तथा संस्थाले २२ दिन बोलपत्रका लागि दर्ता गरिसक्नु पर्नेछ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ०७:००
प्रतिक्रिया दिनुहोस्