site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देवकुमार नेपालीको बयान– जीबी राईसँग मनमुटाव भएपछि उहिल्यै सहकारी छाडेँ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा प्रतिवादी बनाइएका देवकुमार नेपालीले जीबी राईसँग मनमुटाव भएपछि आफूले संस्था छाडेको बयान दिएका छन् ।

आफूले संस्थामा बचत पारदर्शी बनाउन अध्यक्ष, कोषाध्यक्ष र सचिव नाममा खाता सञ्चालन हुनुपर्ने प्रस्ताव राखेको तर जीबीले अस्वीकार गरेपछि राजीनामा दिएको उनको बयान छ । उनले आफूले झन्डै १२ वर्ष अगाडि नै सहकारी छाडेको बताएका छन् ।

आफू २०६८ फागुन ११ गते राजीनामा दिएर सहकारीबाट अलग भएको उनको भनाइ छ । “म उक्त सहकारीमा करिब १४ महिनामात्र आबद्ध भएको थिएँ । तत्कालीन अवस्थामा संस्थाको स्थिति राम्रो थियो । मैले संस्थाको रकम फरफारख गरी कुनै जिम्मेवारी र सेयर सदस्यसमेत नरहने गरी संस्था छाडिसकेको हुँ,” उनले बयानमा भनेका छन् ।

Dabur Nepal
NIC Asia

उनी बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।

प्रतिवादी नेपालीले प्रहरीलाई दिएको बयान

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०६७।०९।०६ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट मलाई सञ्चालक समितिको सस्दय पदमा मनोनयन गरेकोमा मिति २०६८।०८।१७ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट उपाध्यक्षमा निर्वाचित भएको हुँ । उक्त उपाध्यक्ष पदबाट मिति २०६८।११।०५ गते राजिनामा दिई सहकारीबाट अलग भएको हुँ ।

मिति २०६७।०९।०६ गते देखि मिति २०६८।०८।१७ सम्म सञ्चालक समितिको सदस्यमा रहँदा ज्ञान बहादुर बम्जन सहकारीको अध्यक्ष रहेका थिए। उक्त समयमा मेरो जिम्मेवारी सहकारीको कार्यविधि बनाउने, ऋण प्रवाहको सम्बन्धमा, सहकारीको विविध विषयमा निर्णय गर्नुपर्दा मिटिङ बस्ने, मिटिङको क्रममा उठेका कुरालाई सचिवले उठाएको माइन्युटिङमा हस्ताक्षर गर्ने आदि थियो । गितेन्द्र बाबु राई अध्यक्ष र म उपाध्यक्षको रूपमा रहँदा मिति २०६८।०८।१७ गते देखि मिति २०६८।११।०५ सम्म मेरो दायित्व संस्थाको अध्यक्षको काममा सहयोग पु‍र्‍याउने, अध्यक्षले लिखित रूपमा प्रत्यायोजित गरेका वा तोकेको कार्यहरू गर्ने र अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने थियो ।

म उपाध्यक्षको रूपमा रहँदा खाता खोल्ने विषयमा र सहकारी संस्था पारदर्शी हिसाबमा सञ्चालन गर्ने सम्बन्धमा बसेको बैठकमा उपस्थित भएर माईन्युटिङमा दस्तखत गरेको छु । सो बाहेक अन्य कुनैपनि निर्णय वा सहकारीबाट ऋण प्रवाह गर्ने निर्णयमा म कहिकतै संलग्न थिइन ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको बचत पारदर्शी बनाउने हेतुले अध्यक्ष गितेन्द्र बाबु राई, कोषाध्यक्ष र सचिव नाममा खाता सञ्चालक हुनुपर्छ भनि म लगायतका साथीहरूले प्रस्ताव राख्ने क्रममा संस्थाका अध्यक्ष गितेन्द्र बाबु राईले त्यो कुरालाई स्वीकार नगरेको कारण हामीबीच मनमुटाव सृजना भई म समेतको तत्कालिन सञ्चालक समितिको सचिव सुरेशचन्द्र पहारी र सदस्य मेख बहादुर वि.क.र विकास श्रेष्ठले सयुक्त रूपमा मिति २०६८।११।०५ गते राजिनामा दिई सहकारीमा रहेको आ– आफ्नो बचत तथा शेयर रकम समेत लिई उक्त सहकारीबाट अलग भएको हो, म उक्त सहकारीमा करिव १४ महिना मात्र आवद्द भएको थिए । तत्कालिन अवस्थामा संस्थाको स्थिति राम्रो थियो । मैले संस्थाको रकम फरफारख गरी कुनै जिम्मेवारी र शेयर सदस्य समेत नरहने गरी संस्था छाडीसकेको हुँ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सञ्चालक समिति सदस्यको रूपमा रहेको अवस्थामा ऋणी देखाईएका व्यक्तिहरू कोही कसैलाई मैले देखे चिनेको छैन । निज व्यक्तिहरू वास्तविक ऋणी हुन् वा फर्जी हुन् मलाई थाहा छैन ।

उक्त ऋणी देखाइएका व्यक्तिहरूलाई सहकारीबाट ऋण उपलब्ध गराउने सम्बन्धमा मसँग कोही कसैको कुनै छलफल भएको थिएन र मेरो उपस्थितिमा संस्थामा बैठक बसी माईन्युटिङ गरेर ऋण प्रदान गरेको अवस्था समेत थिएन । यस प्रकारबाट ऋण प्रदान गर्ने कार्य तत्कालिन समयमा उक्त सहकारीमा ज्ञान बहादुर बम्जन र निजको बहिनी ज्वाई गितेन्द्र बाबु राई हावी रहेका थिए ।

उनिहरूले मनोमानी ढंगले सहकारीको बचत रकम प्रयोग (चलाउने) गरेका कारण म समेतले असन्तुष्टी जनाएको अवस्थामा निजहरूले म समेतलाई सहकारीबाट नै अलग हुनेसम्मको वाध्यात्मक स्थिति सृजना गरेका कारण म संस्थाबाट राजिनामा दिएर अलग भएको थिएँ। सोही कारण उक्त ऋण लगानी सम्बन्धमा मलाई कुनै थाहा जानकारी भएन । यी फर्जी र गैर–कानूनी कार्य निजै गितेन्द्र बाबु राई समेतको समूहले गरेको हुनुपर्छ ।

म सञ्चालक समितिमा रहेको अवधिमा उक्त रकम हिनामिना भएको देखिएको कारण यदि सञ्चालक समितिको जिम्मेवारीमा रहेकै कारण मैले पनि यसको दायित्व बहन गर्नुपर्छ भने म कानून बमोजिम आफ्नो दायित्व वहन गर्न तयार छु भनी बयान दिएको देखिन्छ। मैले कोही कसैसँग मिली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बचत कर्ताहरूको रकम अपचलन गरेको छैन ।

म उपर बागलुङ जिल्ला अदालत र कास्की जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता रही विचाराधीन अवस्थामा रहेको हुँदा हाल म बागलुङ जिल्ला अदालतको थुनछेक आदेशानुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय बागलुङ थुनामा रहेको छु भन्ने समेत व्यहोराको प्रतिवादी देव कुमार नेपालीको बयान ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro