साहित्य
काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग लगनगाँठो कसेकी छन् । उनीहरूको सम्बन्ध असार २१ गते प्रेमीप्रेमिकाबाट श्रीमानश्रीमतीमा परिणत भएको हो ।
उनीहरूको विवाह समारोह गैरिधारास्थित सिल्भर ओक ब्याङकुएट एन्ड इभेन्ट सेन्टरमा भएको हो । सदीक्षा र राहुलले नेवारी रितिरिवाज अनुसार विवाह गरेका हुन् ।
सदीक्षा मिस नेपाल २०१० की टाइटल विनर हुन भने राहुल इन्डियन किक बक्सिङ च्याम्पियनसिपमा तीनपटक स्वर्णपददक जित्न सफल खेलाडी हुन् । पछिल्लो समय राहुल ‘जिमखाना मुएथाई’ नामक जिमखाना सञ्चालन गर्दै आइरहेका छन् । सदीक्षा भने डान्स रियालिटी शो ‘डान्सिङ स्टारर्स नेपाल’मा होस्ट हुन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १३:४३
प्रतिक्रिया दिनुहोस्