site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
थाई स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौं सिधा उडान
Siddhartha BankSiddhartha Bank

काठमाडौं । थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौं–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर पहिलोपटक नियमित उडान सुरु गरेको हो ।

बैंककबाट दिउँसो काठमाडौं विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ ।

Agni Group
NIC Asia

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्‍याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल रहेको छ । कम्पनीले कूल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ ।

थाइल्यान्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङ्कङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  २१:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय