site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी प्रदेश सरकारको तयारी 
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिएको हो । 

विशेषगरी, थारू समुदायमा देखिने सिकलसेल रोग प्रदेशमा जनस्वास्थ्य समस्याका रूपमा रहेकोले यसको स्थायी समाधान खोज्नको लागि कार्यक्रम लागु गर्न लागिएको  स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बच्चा जन्मिनेबित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने र सिकलसेल रोगको निवारणका लागि उपायहरू खोजी गर्दै लुम्बिनी प्रदेशबाटै निवारणको आवाज उठाउने बताए । तराईका सोही ६ वटै जिल्लाका ८ वटा सरकारी अस्पतालबाट सिकलसेल तथा थालेसेमिया रोगको निदान तथा उपचारका लागि सिकलसेल परामर्श केन्द्र संस्थापना भै सेवा सञ्चालन भइरहेको मन्त्री थारूले बताए । लुम्बिनी प्रदेशमा निःशुल्क रक्तसञ्चार सेवाका लागि बजेट र कार्यविधि स्वीकृत भएर निःशुल्क रक्तसञ्चार सेवा सञ्चालन सुरु भएको उनले बताए ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले ४३ वटा निकायहरूबाट प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिए । सचिव  देवकोटाले प्रदेश सरकारले बिरामी र मृत्युदरको संख्या घटाउनको लागि काम गरिरहेको बताए ।प्रदेशमा स्वास्थ्य संस्थाहरूमा स्वीकृत स्थायी दरबन्दी १२ सय ४९ रहेकोमा स्थायी पदपूर्ति ५७३ रहेको र ६७६ जनाको स्थायी पदपूर्ति हुन नसकेको मन्त्रालयका प्रवक्ता डा । पुष्पराज पौडेल बताउँछन् । 

Global Ime bank

उनका अनुसार हाल प्रदेशमा करिब ४६५ कर्मचारीको दरबन्दी पूर्ति भएको छ भने बाँकी दरबन्दी रिक्त रहेको छ । उनले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि क्याथ ल्याब सेवा सञ्चालनका लागि मेसिन खरिद सम्झौता भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement