site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको कुहिने फोहोरबाट मल बनाएर मलको हाहाकार कम गर्न सकिन्छ : मेयर बालेन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन् । आज असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै शाहले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको बताए  । 

मेयर शाह भन्छन्, "काठमाडौंमा बस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरूको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरू झाँगिदै जाँदा यहाँका किसानहरूका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्‍यायौ, उसैलाई बिर्सने भन्ने हुँदैन ।"

Agni Group
NIC Asia

मेयर शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनैपर्ने बताए । 

"यसपालिको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । गुणस्तरीय मल, बिउबिजन तथा कृषिसाधनहरू सहज र सुलभ मूल्यमा पर्याप्त प्राप्त हुन सकून्," शुभकामनामा उल्लेख छ । 

Global Ime bank

२०६१ साल मंसिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu