site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्दै थिएटर भिलेज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म तीन दिनका लागि शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुन लागेको हो । 

नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार रहने छिन् । उनी काठमाडौं आइसकेको र नाटकको तयारी गरिरहेको थिएटर भिलेजले जनाएको छ ।

साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट गर्न लागेको भने हैन । वि.सं. २०७० मा थिएटर भिलेजले यही नाटकमार्फत शताब्दि पुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट ‘सत्यमोहन जोशी नाटकघर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर, प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थिएटर भिलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।

Royal Enfield Island Ad

धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदीको भनाइ छ । उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो । तर, पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उनको मृत्यु भयो । 

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसङ्गति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदाङ्गो पारेको बताउँछिन् । त्यो अवस्था भारत र नेपालमा खासै फरक नरहेको उनको बुझाइ छ । मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन् । 

अनुराधाका साथै यो नाटकमा सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहनेछ ।

थिएटर भिलेजले केही समय अगाडि मात्रै नारायण वाग्लेको र्चित उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन गरेको थियो । यसबाट निर्देशक सुवेदीले निर्देशन र अभिनय दुबै विधामा राम्रो समीक्षा बटुलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro