site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्षमान र जनार्दन महासचिवबाट पछि नहट्दा ६ महिनासम्म छानिएनन् माओवादी पदाधिकारी

काठमाडौं । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी ( केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सोही केन्द्रीय समितिको पुस २० मा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको थियो ।बाँकी केन्द्रीय सदस्य र पदाधिकारी पछि छान्ने तय भएको थियो । माओवादी विधानले केन्द्रमा  एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । 

महाधिवेशन भएको ६ महिनासम्म पनि पदाधिकारीले पूर्णता पाएको छैन । पार्टीभित्र र बाहिर पदाधिकारी नछानेको विषयमा आलोचना भइरहेको छ । प्रचण्डले निर्वाचन गराउन नचाहने र निर्णय पनि दिन नसक्दा पदाधिकारी चयनमा समस्या आएको नेताहरू बताउँछन् । पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि छान्न समस्या भएको हो ।

माओवादी विधानमा केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन हुने व्यवस्था छ । तर, प्रचण्ड निर्वाचनबाट पदाधिकारी छान्ने पक्षमा देखिएका छैनन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको दाबी रहेको बताइन्छ । यसबाहेक उपाध्यक्षमा गिरिराजमणि पोखरेल, गणेश साह, हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, मातृका यादव आकांक्षी छन् ।

उपाध्यक्ष र सचिवमा खासै समस्या नभए पनि महासचिव पदमा भने प्रचण्डलाई मिलाउन चुनौती छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ महासचिवका मुख्य दाबेदार रहेकाले समस्या भएको हो । प्रचण्डले उनीहरूमध्ये एकजनालाई उपाध्यक्षमा जान आग्रह गरे पनि दुवैजना मान्न तयार छैनन् । उनीहरू बरु निर्वाचनमा जान तयार रहने तर महासचिवबाट पछाडि नहट्ने बताउँदै आएका छन् । दुवैले आफूलाई प्रचण्डको उत्तराधिकारी दाबी गर्दै आएका छन् । गुट र विभाजनबाट पार्टी कमजोर बनेको अवस्थामा प्रचण्ड शर्मा वा पुनमध्ये एकको पक्षमा बोल्न नसकेको नेताहरू बताउँछन् ।

शर्मा र पुन माओवादीभित्र दुई गुटको समेत नेतृत्व गर्छन् । नियुक्तिदेखि निर्वाचनमा उमेदवार चयनसम्म शर्मा र पुनको समेत भागबन्डा हुने गरेको छ । पछिल्लो समय जनवर्गीय संगठनमा पनि दुवै नेताहरू निकटलाई अवसर दिने गरिएको छ ।

माओवादीले असार १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकमा राजनीतिक समीक्षासँगै पदाधिकारी चयनको विषय उठ्ने नेताहरू बताउँछन् । तर, प्रचण्ड संघ र प्रदेशको चुनावअघि पदाधिकारी चयनको मुडमा नरहेको नेताहरू बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro