अर्थ व्यवसाय
काठमाडौं । पुँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुगेका छन् ।
पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित ८ दिनदेखि आमरण अनशनमा बसेका कोइरालालाई भेट्न आज मेयर बालेन खुमलटार पुगेका हुन् । सेयर बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरू आन्दोलित छन् ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १३:१९
प्रतिक्रिया दिनुहोस्