site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कार आरोपित मनोज पाण्डेलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । 

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । 

Agni Group
NIC Asia

आरोपी पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । 

पीडित महिलाले आफूलाई बालयौन दुरुपयोग गरेको लगायत उल्लेख गरी मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– १८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते जाहेरी दिएकी थिइन् । 

Global Ime bank

साथै, आफ्नी छोरीलाई विभिन्न बहानामा कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाई डर त्रासमा पारी धाक धम्की दिई पेय पदार्थ भनी नसालु पदार्थ पिलाई बेहोस बनाई नियन्त्रणमा राखी आफूले जबरजस्ती करणी गरी वेश्यावृत्तिमा लगाउने गरेको लगायत उल्लेख गरी पीडितकी आमाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा जेठ ९ गते जाहेरी दिएकी थिइन् ।

पाण्डेविरुद्ध परेका दुवै जाहेरीउपर जिल्ला सरकारी वकीलको कार्यालयमार्फत अदालतसमक्ष पेस गरी अदालतबाट म्याद थप अनुमति लिइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय