site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीपी नियुक्तिविरुद्धको मुद्दा सर्वोच्चको प्राथमिकतामा : २५ मुद्दा हेर्न नभ्याइने सूचीमा
SkywellSkywell

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा देखिएको विवाद सर्वोच्च अदालतको प्राथमिकतामा परेको छ ।

गएको वैशाख १८ गते सरकारले १६ महिना सिनियर एआईजी विश्वराज पोखरेल र ६ महिना सिनियर एआईजी सहकुल थापाको वरीयता मिचरे एक महिनाअघि एआईजी बनाइएका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिनियर एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

वैशाख २१ गते दर्ता भएको रिटमा असार २२ गते नै न्यायाधीश सुस्मलता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । प्रारम्भिक सुनुवाइमै निवेदनमार्फत बसहमा प्रवेश गरेको सरकारी पक्षले चुनावको कारण देखाउँदै अन्तरिम आदेश नदिन अनुरोध गरेको थियो ।

आईजीपी नियुक्ति भइसकेको र पोखरेलले उठाएको विषय गम्भीर सार्वजनिक महत्वको भएको भन्दै जेठ १७ गते अन्तिम सुनुवाइको मिति तोकिएको थियो । तर, जेठ १७ को सुनुवाइमा आईजीपी नियुक्त गरिएका सिंहविरुद्ध एआईजीबाट बढुवा गर्दा नै गैरकानुनी बढुवा भएको भन्दै उजुरी परेको र सिंहलाई तामेलीसमेत नभएको पाइएपछि यसअघि डीआईजी ईश्वरबाबु कार्कीसहितले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्ने आदेश भयो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुडालको इजलासले एआईजी बढुवाकै क्रममा विधि मिचिएको भन्दै अन्तिम सुनुवाइ हुनेगरी ३० जेठको मिति तोकेको थियो । ३० जेठमा कायममुकाय प्रधानन्यायाधीश दीपकुमार कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासमा परेको आईजीपी नियुक्तिको मुद्दामा त्यसदिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासले आईजीपी नियुक्तिविरुद्धको मुद्दालाई प्राथमिकतामा राख्दै इजलासमा परेका बाँकी सबै २५ मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको छ ।

त्यसैले आईजीपी नियुक्ति विवादको टुंगो आजै हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:४०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro