site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चलचित्र ‘दोख’को शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘वन चरी उड्यो’ बोलको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । 

गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले गाएको यो चलचित्रको पहिलो गीत हो ।

कार्यक्रममा बोल्दै गुरुङले भने, “चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुप बरालले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।” कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । 

गीतले चलचित्रको कथा बोलेको छ । चलचित्रका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ । 

अनुप बरालले निर्देशन गरेको चलचित्र असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । 

चलचित्रको कथा राजन कठेतले लेखेका छन् ।

माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । 

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगरलगायत कलाकारको अभिनय छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro