देश
काठमाडौं । कञ्चनपुरमा खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय कमल वादी, सोही ठाउँ बस्ने २१ वर्षीय विशाल वादी र लम्कीचुहा–३ बस्ने २५ वर्षीय ओकेन्द्र वादी रहेका छन् ।
पुनर्वास नगरपालिका–४, कार्गिलडाँडाबाट एक ग्राम १८ मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन, पाँच ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेट, नगद १२ हजार १८५ रुपैयाँ र ३७० भारतीय रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्