site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोकिएन सेयर बजारको ओरालो यात्रा : नेप्से २९.८९ अंकले घट्दा १,९६६ अंकमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेर १,९६६.३७ अंकमा बन्द भएको छ । बजेट (जेठ १५ गते) पछि एक दिनबाहेक नेप्से लगातार ओरालो यात्रामा नै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार नेप्सेसँगै सबै उपसूचक र सेन्सिटिभ इन्डेक्समा पनि गिरावट भएको छ । सेन्सिटिभ इन्डेक्स ४.६० अंकले घटेर ३७८.९० अंकमा बन्द भएको छ ।

नेप्से लगातार घटे पनि आज कारोबार रकम भने बढेर डेढ अर्बनजिक पुगेको छ  । आज बजारमा एक अर्ब ४९ करोड १८ लाख रुपैयाँको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १२ करोड ५७ लाखको कारोबार भएको छ ।

Global Ime bank

यस्तै, हिमालयन डिस्टिलरीको पाँच करोड २८ लाख, बैंक अफ काठमाण्डुको पाँच करोड १७ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९६ कम्पनीको कारोबार भएकामा १७३ को सेयर मूल्य घटेको छ । २० कम्पनीको वृद्धि हुँदा तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज कारोबार भएका मध्ये आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ८.२६ प्रतिशत र  माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ६.८९ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement