site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
गायक जस्टिनको अनुहारको आधा भागमा सुधार हुँदै
SkywellSkywell

काठमाडौं । बेलायतका प्रसिद्ध प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जन चार्ल्स एन्दुकाले गायक जस्टिन बिबर चाँडो निको हुने संकेत देखिएको बताएका छन् ।

“मैले भिडियोमार्फत जस्टिनले रिकभरीको सुरुवाती लक्षण देखाएको देखिरहेको छु । यो सिन्द्रोम भएका बिरामीहरूले आफ्नो आँखा झिम्काउन नपाउने र हाँस्न नपाउने लक्षण सामान्य नै हो । यस्ता बिरामीहरूको नाक र अनुहारको मांसपेशीहरू विस्तारै सुधार हुँदै जान्छ । यसपश्चात् उनीहरू हाँस्न पनि सक्छन् । आशा छ, उपचारले उहाँ पनि चाँडै निको हुनुहुनेछ,” सर्जन चार्ल्सले भने ।

Dabur Nepal
NIC Asia

क्यानडाका चर्चित गायक जस्टिनले एक दिनअघि एउटा भिडियो सेयर गर्दै आफू रामसे हन्ट सिन्ड्रोमबाट पीडित भएको खुलासा गरेका थिए । त्यसले जस्टिनको अनुहारको आधा भाग पक्षाघात भएको छ ।

यस्ता बिरामीले तत्काल उपचार पाएमा ७५ प्रतिशत पूर्ण रूपमा निको हुने दाबी पनि सर्जन चार्ल्सले गरेका छन् । यसको उपचारमा स्टेरोइड र एन्टिभाइरल औषधिहरू प्रयोग हुने उनले बताए ।

रामसे हन्टकै कारण गायक जस्टिनको अनुहारको दायाँ भाग पूरै पारालाइसिस भएको छ । सोही कारण उनले वर्ल्ड टुर र कन्सर्टहरू स्थगित गरेका छन् । उनको टोरन्टो, वासिङगटन र भारतमा कन्सर्ट स्थगित भइसकेको छ । नवभारत टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro