साहित्य
काठमाडौं । गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाको विवाह सम्पन्न भएको छ । चितवनको बाराही जंगल लजमा आज उनीहरूले विवाह गरेका हुन् ।
सामाजिक सञ्जालमा विवाहको तस्बिर राख्दै इन्दिराले लेखेकी छन्, "अब आधिकारिक रूपमा श्रीमान र श्रीमती ।"
हिजो मेहेन्दी उत्सवको तस्विर सार्वजनिक गरेका उनीहरूबीच आज विवाह भएको हो । दुलाहा र दुलही पक्षका केही सिमित व्यक्तिको उपस्थितिमा उनीहरूको विवाह भएको हो । सरदका आफन्त यही वर्ष वितेका कारण विवाहमा दुवै पक्षले धेरैलाई नबोलाएको बताइएको छ ।
उनीहरूले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चे पुगेर इन्गेजमेन्ट गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १६:५७
प्रतिक्रिया दिनुहोस्