site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से दुई हजारबाट तल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको विन्दुबाट तल झरेको छ । यही जेठ १५ गते आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यपछि एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से डेढ वर्षपछि दुई हजार अंकको विन्दुबाट तल झरेको हो ।

साताको दोस्रो कारोबार दिने नेप्से ३६.०७ अंकले गिरावट हुँदा १९३६.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचक पनि गिरावट भयो । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ६.४८ अंकले गिरावट हुँदा ३८३.५१ अंकमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से घट्ने क्रमले निरन्तरता पाउँदा कारोबार रकम केही उकालो लागेको छ । पछिल्ला दुई कारोबार दिन एक अर्ब पनि नपुगेको कारोबार रकम मंगलबार एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

आज कारोबार भएका मध्ये शिवम् सिमेन्टको सर्वाधिक चार करोड ५७ लाखको कारोबार हुँदा एनसीसी बैंकको तीन करोड ८० लाख र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ३४ लाखको कारोबार भएको छ ।

Global Ime bank

आज दिनभर बजारमा १९५ कम्पनीको कारोबार हुँदा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १९० कम्पनीको सेयर मूल्य घटेको छ ।  

आज कारोबार भएका मध्ये आँधीखोला लघुवित्तको सेयर मूल्य ८.१८ प्रतिशतले वृद्धि हुँदा माउन्टेन हाइड्रो नेपालको ३.७२ प्रतिशत, युनिलिभर नेपालको १.९९ प्रतिशत, एनसीसी बैंकको १.१६ प्रतिशत र कुमारी बैंकको  सेयर मूल्य ०.०५ प्रतिशतले बढेको छ ।

हिमालय पावर पार्टनको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा बलेफी हाइड्रोपावरको ८.१५ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ६.५१ प्रतिशत र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement