site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगर विमानस्थल क्षेत्रको पीडा : न जग्गा फुकुवा हुन्छ, न सरकारले मुआब्जा दिन्छ
Siddhartha BankSiddhartha Bank

विराटनगर । सरकारी मुआब्जा पर्खिएर बसेका विराटनगर ४ का स्थानीयले सडक संघर्ष थालेका छन् । विराटनगर विमानस्थल विस्तार गर्न सरकारले दुई वर्षदेखि जग्गा रोक्का गरेर राखेको तर मुआब्जा नदिएको भन्दै स्थानीय संघर्षमा उत्रिएका हुन् ।

सोमबार उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् । 

Agni Group
NIC Asia

विराटनगर विमानस्थल आसपासका ३५० परिवार दुई वर्षदेखि मुआब्जाको प्रतीक्षामा छन् । सरकारले उनीहरूको जग्गा बेचबिखन गर्न नपाउने भनी रोक्का गरिदिएको छ । तर, लामो समय बितिसक्दा पनि मुआब्जा नपाएपछि नगरवासी विरोधमा उत्रिएका हुन् । स्थानीयकाअनुसार एक हजार ४०० कित्ता जग्गा सरकारले रोकर राखेको छ । 

त्यस क्षेत्रमा स्थानीयले संघर्ष समिति नै बनाएर आफूहरूका माग सरकारसमक्ष प्रस्तुत गरेका छन् । संघर्ष समितिका संयोजक वेदराज पौडेलले भने, “हामीले बारम्बार सरकारको ध्यानाकर्षण गरायौँ । न सरकारले जग्गा फुकुवा गर्छ नत मुआब्जा नै दिन्छ । हामी यताबाट सरेर अन्तै जानुपर्ने हो भने त्यहीअनुसार व्यवस्था गर्ने थियौँ ।”

Global Ime bank

कतिपय स्थानीयले ठाउँ छाडेर जानुपर्ने भएकाले आफूहरूले घर मर्मतसमेत नगरेको र अहिले बस्नसमेत कठिनाइ हुने अवस्था आएको सुनाएका छन् । 

०७७ असोजमा तत्कालीन मन्त्रिपरिषदले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने र सार्क राष्ट्रहहरूमा विराटनगरबाटै हवाई उडान गराउने निर्णय गर्दै वरिपरिका जग्गा रोक्का गरेको थियो । ०७७ चैत २३ र २४ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार जग्गा अधिग्रहणका लागि सूची प्रकाशित भएका स्थानीयहरू अहिले यता न उताको अवस्थामा पुगेको पौडेलले बताए । सूचनामा आफ्नो तीन पुस्ते विवरणसहित मुआब्जा दाबी गर्न आउन आग्रह गरिएको थियो । तर नागरिक उड्डयन प्राधिकरण विराटनगर कार्यालयमा आफ्ना कागजात बुझाएका स्थानीयले अहिलेसम्म मुआब्जा पाउन सकेका छैनन् । 

स्थानीय मोहम्मद कलाउद्दीनले पाँच धुर जग्गामा घर बनाएको र बनाउनँला लागेको ऋणसमेत तिर्न बाँकी रहेको बताए । “मुआब्जा पाए त्यही पैसाले तिर्ने योजना बनाएको थिएँ । तर न जग्गा बेच्न सकियो नत मुआब्जा नै पाइयो । हामीलाई निकै समस्या भएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu