site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेचर हर्ब्सका सञ्चालक खनालको बयान– छविले नागरिकताको फोटोकपी लिएर फसाए

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा मुछिएका रामबहादुर खनालले जीबी राई, कुमार रम्तेल तथा छविलाल जोशीले नेचर हर्ब्स इन्टरनेसनलका लागि आफूले बुझाएको नागरिकताको दुरुपयोग गरेको बयान दिएका छन् ।

उनी नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक हुन् । आफूले छविलाल जोशीलाई दिएको नागरिकताको प्रतिलिपिको दुरुपयोग गरी नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको १० प्रतिशत सेयर आफ्नो नाममा ट्रान्सफर गरेको उनको बयान छ ।

जोशीले ०७७ साल असारमा बानेश्वरस्थित ग्रिजी स्पुन रेस्टुरेन्टमा नागरिकता र चेकबुक लिएर बोलाएको र नेपाली कागजमा लेखिएको ३/४ पानामा सहीछाप गर्न लगाएर नागरिकताको फोटोकपी लिएको उनको बयान छ ।

Dabur Nepal
NIC Asia

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खाताको चेक लिएर जोशीले खनाललाई १० प्रतिशत सेयर आउने बताएको बयानमा उल्लेख छ । पछि सञ्चार माध्यममा नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडका सेयरधनी जीबी राई र छविलाल जोशीबाट कुमार रम्तेल र आफ्नो नाममा सेयर ट्रान्सफर भएको भन्ने आएपछि मात्रै आफूले थाहा पाएको उनको दाबी छ ।

प्रहरीसँगको बयानमा उनले भनेका छन् –

छविलाल जोशी सरले मलाई काठमाडौँ बानेश्वर स्थित ग्रिजी स्पुन रेष्टुरेन्टमा बोलाई गितेन्द्र बाबु राई र कुमार रम्तेलसँग परिचय गराउनु भएको थियो । उक्त समयमा मैले यस मुद्दाका प्रतिवादी समेत रहेका छविलाल जोशी सरलाई मेरो नागरिकताको प्रतिलिपी र इन्भेष्टमेण्ट बैंकको एक थान चेक हस्ताक्षर गरी अन्य विवरण नभरी दिएको थिएँ ।

सोही चेकको दुरूपयोग गरी छविलाल सरको नाममा रहेको नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेडको रु.१०,००,०००.०० (दश लाख) को १० % शेयर मिति २०७७।०३।२८ गते मेरो नाउँमा ट्रान्सफर गर्नु भएको रहेछ ।

मेरो सोही खातामा सहकारीबाट जम्मा गराइएको रु.१०,००,०००.०० (दश लाख) छविलाल सरले भोलीपल्ट मैले दिएको चेकमा रकम भरी आफ्नो नबिल बैंकको खातामा जम्मा गराउनु भई उक्त रकम चेकमार्फत नै गितेन्द्र बाबु राईलाई रकम उपलब्ध गराउनु भएको भन्ने बुझेको छु । छविलाल जोशी र गितेन्द्र बाबु राई बीचको सम्बन्ध वा कारोवार के कसो हो मलाई थाहा छैन ।

उक्त रकम मैले नलिएको हुँदा रकम सहकारीमा फिर्ता दिने दायित्व मेरो रहँदैन, म २०५४।१०।०१ गते नेपाल प्रहरीको जवान पदमा भर्ना भई काम गर्ने क्रममा २०५८ सालमा गण नम्बर १ नक्शाल काठमाडौँमा कार्यरत हुँदा तत्कालिन अवस्थामा गण प्रमुखको रूपमा प्रहरी नायब उपरीक्षक छविलाल जोशी हुनु भएकोले उहाँसँग सो बेला देखि चिनजान परिचय भएको हो ।

सो पश्चात निजले मलाई आफ्नो घरमा काम लगाउन थाल्नु भएकोमा कुनै बेला उहाँ कार्यालय प्रमुख भएर वाहिरी जिल्लाहरूमा जाँदा सँगै पनि लैजाने गर्नु भएको थियो । उहाँले ३० वर्ष सेवा अवधी पुरा हुन लागेको अवस्थामा तिम्रो छोरा र बुवा पनि विरामी हुनुहुन्छ । संगठनमा राम्रो कमाई पनि हुँदैन, पेन्सन आई हाल्छ अब तिमी अन्य काम गर्दा राम्रो हुन्छ मेरो साथिको क्यासिनोमा काम गर तिमीलाई राम्रो हुन्छ भनि सल्लाह दिनु भएको कारण मैले उहाँको सल्लाहलाई सहमत जनाई मिति २०७५।०३।२८ गते प्रहरी सहायक निरीक्षक पदबाट राजिनामा दिएको हुँ ।

छविलाल सरले खिलबहादुर खनाललाई परिचय गराई दिनु भएपछि म खिल बहादुर खनाल र सुरेन्द्र बहादुर सिंह समेतको बारा जिल्लाको सिमरा स्थितमा भएको होटल इच्छाको हल भाडामा लिएर सञ्चालन गर्नु भएको स्माइल कलेक्सन प्राइभेट लिमिटेड नामको क्यासिनोमा सेक्युरिटी गार्डको रूपमा काम गर्नको लागि मिति २०७५।०४।०१ गते देखि उक्त स्थानमा गई मासिक रु.४०,०००.०० (चालिस हजार) तलब लिने गरी सेक्युरिटीगार्डको रूपमा काम गर्न लागेको हुँ ।

 १५÷२० दिनपछि मार्केटिङको काम गर्नु भनि रु.२०,०००.०० (बीस हजार) तलब थप गरी दिनु भएकोले मैले मासिक रु.६०,०००.०० (साठी हजार) को दरले उक्त क्यासिनोमा काम गरेको हुँ । मिति २०७७ सालको असारमा छविलाल सरले बानेश्वर स्थित ग्रिजी स्पुन रेष्टुरेन्टमा नागरिकता र चेकबुक लिएर आउ भनी बोलाउनु भएको उक्त स्थानमा पुगी छविलाल सरलाई भेट गरेपछि नेपाली कागजमा लेखिएको ३÷४ पानामा सहीछाप गर्न लगाई नागरिकताको फोटोकपी र मैले दस्तखत गरेको एकवटा नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेडको खाताको चेक लिनु भई तेरो नाउँमा १०% शेयर आउँछ तपाईँको कुनै लगानी पर्दैन भन्नु भएकोमा कान्तिपुर पत्रिकामा नेचर हर्ब्स इन्टरनेशनल प्राइभेट लिमिटेडका शेयरधनी गितेन्द्र बाबु राई र छविलाल जोशीबाट कुमार रम्तेल र म राम बहादुर खनालको नाउँमा शेयर टार्न्सफर भएको भन्ने समाचार प्रकाशित भएपछि थाहा पाएको हुँ ।

भनी खुलाएको, २०८० साल बैशाख महिनाको अन्तिम हप्तामा मेरो नाउँमा कायम रहेको उक्त शेयर गितेन्द्र बाबु राईले रु.१०,००,०००.०० (दश लाख) मा खरिद गर्ने गरी सम्पूर्ण कागज तयार पारेर छविलाल जोशी सरले मलाई सहिछाप लगाएर पठाउनु भनि प्लेनमा राखी सिमरा पठाउनु भएको कारण मैले उक्त कागज रिसिभ गरेर लिई सहिछाप गरेर पुनः काठमाडौँ प्लेनमा छविलाल जोशी सरले पाउने गरी पठाई दिएको हुँ ।

मैले उक्त कम्पनीबाट शेयर खरिद गर्दा र विक्री गर्दा एक रुपैयाँ पैसा पनि कोही कसैलाई दिएको पनि थिइन र लिएको पनि छैन, सूर्यदर्शन सहकारीको कर्मचारी सन्तोष रोकाले मेरो बैंकको सोही खातामा रु.१०,००,०००.०० (दश लाख) जम्मा भएकोमा मैले छविलाल जोशीलाई पहिले नै दस्तखत गरेर विवरण नभरी दिएको चेक नम्बर ३०१४३९०००१ मा रु. १० लाख भरेर सोही चेक मार्फत उक्त रकम मिति २०७७।०३।३० (२०२०– ०१–१४) गते मेरो बैंकको खाताबाट छविलाल जोशीको नविल बैंकको खाता नम्बर १७१००१७०५२१२ मा जम्मा भएको हो ।

मिति २०७७।०३।२८ गते देखि मिति २०८०।०१।३१ गतेसम्म नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेडको १०% शेयर सदस्यको रूपमा राखिएको हो ।

यसरी शेयरधनी हुनको लागि शेयर खरिद बापत मैले विक्रीकर्ता छविलाल जोशी सरलाई तिर्नु पर्ने रु.१०,००,०००.०० (दश लाख) मेरो नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको खातामा सूर्यदर्शन सहकारी संस्थाबाट निजहरूले नै जम्मा गराई छविलाल जोशी सरले मबाट पहिला नै लिनु भएको मेरो हस्ताक्षर मात्र गरेको र अन्य विवरण नभरेको चेक मार्फत उहाँ आफैले विवरण भरी आफ्नो नबिल बैंकमा जम्मा गराई भुक्तानी लिनु भएको रहेछ ।

लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको मेरो नामको दस्तखत मेरो होइन । उक्त दस्तखत किर्ते गरिएको हो । उक्त दस्तखत को–कसले किर्ते गरेको हो, नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको खाता नम्बर ०३६०५१२०२७५८४२ को स्टेटमेण्ट अध्ययन गर्दा सन् ०६–१०–२०१४ देखि ०८–१२–२०२४ सम्म रु. ३,०५,४६,२४०.३४ (तीन करोड पाँच लाख छयालिस हजार दुई सय चालिस रुपैयाँ चौतिस पैसा) जम्मा (ऋचभमष्त) भएको रकम क्यासिनोमा रहँदा क्यासिनोमा खेल्न आउने भारतीय नागरिकहरूलाई लगानी गर्ने व्यक्तिहरूले पटक–पटक गरी मेरो खातामा कारोबार गर्ने गरेको हुँदा यति धेरै रकम मेरो खातामा जम्मा भएको हो, सो रकम मध्ये मनोज श्रेष्ठ चितवन जिल्ला नारायणगढ स्थितको रोशन फर्निचरको लेखापालबाट, आधुनिक सुन चाँदि पसल र दिनेश श्रेष्ठ समेतवाट आएको समेत थियो, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन सम्वन्धमा जानकारी नभएको भन्ने समेत व्यहोराको प्रतिवादी राम बहादुर खनालको वयान ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro