काठमाडौं । पूर्वडीआईजी छविलाज जोशीले गार्खा मिडिया नेटवर्कको नाममा सञ्चालन गरिएको ग्लोबल आईएमई बैंकको खातामार्फत भएको कारोबारबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् ।
प्रहरीको अनुसन्धानका क्रममा ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खातामा कुल ९० करोड ४४ लाख १७ हजार ५५२ रुपैयाँको कारोबार भएको खुलेको छ । तर, ग्यालेक्सी टेलिभिजन सञ्चालन भएदेखि नै सञ्चालक रहेका जोशीले रकम कारोबारबारे आफूलाई जानकारी नभएको बयान दिएका हुन् ।
उनले भनेका छन्, ‘‘रवि लामिछाने ग्यालेक्सी आउनु अघिदेखि नै कारोबारमा संलग्न रहेछन् । खाता २०७७ कात्तिक ६ गते नै खोलिएको रहेछ । गोर्खा मिडिया नेटवर्कमा आएको रमकबारे रवि र जीबीलाई मात्रै थाहा होला ।’’
०७७ मा सञ्चालनमा आएको ग्यालेक्सी टेलिभिजनको ६ महिनापछि मात्रै लामिछाने प्रबन्ध निर्देश भएर भित्रिएका थिए ।
हेर्नुहोस् बयान