site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीको मोहन्यालका अध्यक्ष जिसस निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सोमबार हुने जिससको निर्वाचन प्रक्रियामा गाउँपालिका अध्यक्षको हैसियतमा अधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगले कैलालीका मुख्य निर्वाचन अधिकृतलाई पत्रमार्फत सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा चलेमा किनारा नलागेसम्म पदबाट स्वतः निलम्बन हुने व्यवस्था भएकाले उनलाई निर्वाचन प्रक्रियामा सहभागी नगराउन भनेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"भ्रष्टाचारको आरोपमा मुद्दा चलेकामा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ," आयोगको पत्रमा भनिएको छ ।

अघिल्लो कार्यकालमा मोहन्याल गाउँपालिका–२ को वडाध्यक्ष रहेका बेला उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

Royal Enfield Island Ad

उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro