site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने माग
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग गरे । महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।

आउँदो आर्थिक वर्षको बजेटमा व्यापार, व्यवसाय र विशेष गरेर उद्योगहरूलाई केही प्रोत्साहन दिने भनिए पनि केही व्यक्तिविशेष र केही समूहलाई मात्र प्रात्साहन हुने गरी बजेट आएको बताए । सरकारले उद्योगी, व्यवसायीलाई पक्षपात ढंगले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायी सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाइ छ ।

Royal Enfield Island Ad

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले सरकारले आयातलाई नियन्त्रण नभई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिस्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन् गर्न नमिल्ने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारको आर्थिक नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दुवैले आयात व्यवसायलाई अनुत्पादक क्षेत्रको जस्तो व्यवहार गरेको गुनासो गरे । ब्याजदरमा विदेशी ऋण लिएर पूर्वाधारको विकास गर्नु भनेको श्रीलंकाको अवस्थामा जाने भन्दै ब्याजदरमा विदेशी ऋण लगानीले प्रतिफल नदिने बताए ।

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको जिकिर गरे । नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीहरूको रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro