दीपकराज सापकोटा
एकजना मानेको दाइ भन्नु हुन्छ
सँगतको पनि ठूलो मूल्य हुन्छ
र, दृष्टान्त दिनु हुन्छ
प्राकृत स्वभाव विपरित
क्षीर सागर पनि त बाँधिनु पर्यो ।
यस्तो पवित्र र सुन्दर भूमी
दक्षिणबाट जतिजति उत्तर लाग्छौ
कैलाश/स्वर्ग त छँदैछ,
हरेक किलोमिटरहरूमा
पल्लवित जैविक विविधता र मौसम
जिवन्त संस्कृति र जीवनधारा ।
सरल र सहनशील मान्छे
निष्कपट, निष्फिक्री हाँसो
कर्म उद्यत
तर, किन अभिसापित?
ठूला र नेता आएका त यिनै मध्येबाट नै हो
तर, किन अलिकति प्राप्ति हुनासाथ
औकात र हैसियत बिर्सन्छन् ?
विवेक र बुद्धि गुमाउँछन् ?
ठिक बेठिक सीमा रहन्न् ?
नीति र नैतिकता हराउँछ ?
के छ यस्तो जसले ठूलो र नेता बनाउनासाथ
गाँज्छ बाजले परेवा झैं
र,
भ्रष्ट बनाउँछ मति, पाषण बनाउँछ मन ?
पाएको मौका त
योगदान गर्न, बलिदान गर्न र कम्तिमा एक तहमाथि उठ्न पो हो त
होइन कि मार्थ रसातालमा डुबाउन
लाग्दैन यत्रो मान्छेको जिम्मेवारी छ कबै ?
तिम्रा कुकर्महरूले आजित
मलाई लाग्छ किन जन्मेँ म यो मुलुकमा ?
किन अभिसप्त छु यो कहर बोक्न पुस्तौ पुस्तादेखि ?
कति खान्छौ रक्त, आँशु र सुस्केरा ?
लाचार बनाएर, निरिह बनाएर, पाता फर्काएर !
आँधी बाढी पर्खेका हौ कि सर्वनाशको ?
किन बनिरहेछौ भष्मासुर ?
२०७७ भदौ १८