site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने हर्क साम्पाङको घोषणा, सर्त मान्नुपर्छ : महावीर पुन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ," उनले भनेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको हो । जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ । 

Global Ime bank

तर, आविष्कार केन्द्रका संस्थापक पुन अहिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताउँछन् । यद्यपि मेयर साम्पाङको पहल सकारात्मक रहेको उनको भनाइ छ ।

साथै उनले आविष्कार केन्द्रको शाखा खोल्नलाई आफ्नो सर्त रहेको पनि बताए ।

"कुरा सकारात्मक हो । उहाँहरूले त्यसै खोल्छु भनेर हुँदैन, मेरो सर्त छ, मेरो सर्त मान्नुपर्छ अनि मात्र खोलिन्छ । आफैँ आफ्नो हिसाबले खोल्नुहुन्छ भने बेग्लै कुरा हो," उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा भने ।

पुनले आफ्नो उद्देश्य धेरै शाखा खोलेर व्यापार गर्ने नभएको पनि स्पष्ट पारे । उनकाअनुसार अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको कुनै शाखा छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय