site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन लगातार घट्दै छ सेयर बजार, बजेटपछि मात्रै १५८ अंकले घट्यो नेप्से   
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । 

जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले केही सकारात्मक सम्बोधन गर्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताको अपेक्षा बजेटमा संबोधन नहुँदा झनै निराश बनेका छन् । 
 
बजेट अगाडिको अन्तिम कारोबार दिन जेठ १३ गत यता लगातार नेप्से घट्ने क्रममा नै रहेको छ । साताको पहिलो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १२.९२ अंकले गिरावट भएर २०६५.७८ अंकमा बन्द भएको छ । बजेट पछिको ६ कारोबार दिनमा नेप्से १५७.९६ अंकले घटिसकेको छ ।
  
नेप्से लगातार घटिरहँदा बजारमा कारोबार रकम पनि पछिल्लो केही समय १ अर्बको वरिपरी हुँदै आएको छ । आज बजारमा १ अर्ब २७ करोड ३४ लाखको कारोबार भएको छ । एसियन लाइफको सर्वाधिक ८ करोड २५ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको ६ करोड ७७ लाखको कारोबार भएको छ ।
 
आज दिनभर बजारमा १९६ कम्पनीको  सेयर कारोबार भएकोमा ९७ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १२ कम्पनीको  सेयरमूल्य भने स्थिर छ । आज कारोबार भएकामध्ये उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता, मर्जर सम्झौतासँगै पछिल्लो १ वर्षदेखि बन्द रहेको हिमालयन बैंकको सेयर कारोबार मर्जर असफल भएसँगै आजबाट खुलेको थियो । कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

यस्तै महुली सामुदायिक लघुवित्तको सेयरमूल्य ७.६६ प्रतिशतले गिरावट हुँदा नेपाल लाइफको सेयरमूल्य ३.९२ प्रतिशतले गिरावट भएको छ ।
 
०७७ भदौ पहिलो साता इन्ट्रा डे मा ३२०० अंकको बिन्दु पार गरेको नेप्से त्यसयता ३५ प्रतिशतभन्दा माथिले गिरावट भइसकेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको  लगानीयोग्य पुँजीको चरम अभाव मात्रै नभएर बैंकहरु तरलता संकटकै अवस्थातर्फ जाँदा बैंकहरूले कर्जा दिन सकिरहेका छैनन् । अर्कोतर्फ निक्षेपमा ब्याजदरमा भएको वृद्धिसँगै बढेको वेस रेटले स्वभाविक रुपमा कर्जाको ब्याजदर बढेको छ भने अर्कोतर्फ राष्ट्र बैंकले कर्जाको जोखिम भार बढाउँदा तरलता अभावले ब्याजदर बढेको अवस्थामा बैंकहरूले कर्जा नवीकरणमा प्रिमियम पनि बढाएको अवस्था छ । मुद्रा बजारमा देखिएको समस्याको प्रभाव पुँजी बजारमा पनि देखिँदा सेयर बजार घट्ने क्रमले निरन्तता पाएको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय