काठमाडौं । पपगायक सञ्जय श्रेष्ठ अब आउने प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गायक श्रेष्ठले पार्टीले टिकट दिए पनि नदिए पनि आउँदो मंसिरमा हुने प्रतिनिधिसभामा उमेदवारी दिने घोषणा गरेका हुन् ।
“मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उमेदवारी दिने निर्णय गरेँ” गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । उनी थप्छन्, “अब बाँकी तपाईंहरूको साथ र विश्वास ।”
उनी काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उमेदवारी दिन लागेका हुन् । यसअघि, उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उमेदवारी दिएका थिए ।