site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यात्रीप्रकाशको ‘सइन’ उपन्यासमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न
SkywellSkywell

काठमाडौं‌ । लेखक यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ  । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित अन्तर्क्रियामा  ‘सइन’ उपन्यासमाथि छलफल गरिएको हो ।

कार्यक्रमका वक्ता उपन्यासकार नीलम कार्की  ‘निहारिका’ले ले उपन्यासमाथि टिप्पणी गर्दै उपन्यास निकै सशक्त रहेको बताइन् । “विगत दशवर्षे सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षतर्फको पात्रको कथालाई तटस्थ बिन्दुमा बसेर कुनै पक्षको विरोध र समर्थनमा नरही शान्तिको पक्ष र द्वन्द्वको विरुद्धमा  लेखिएको ‘सइन’ उपन्यासमा सुरक्षाकर्र्मी युवक र छापामार युवतीको निकै कष्टप्रद प्रेम रहेको खुब मन पर्‍यो” कार्कीले भनिन्  “भाषा, शैली, शिल्प र भावपक्षमा निकै सबल रहेको ‘सइन’ उपन्यास विगत द्वन्द्वको ऐतिहासिक दस्तावेजको रूपमा आएको र उपन्यासका हरेक हरफहरूले पाठकको मन जित्ने कुरा उल्लेख गर्दै पुस्तक पूरै पढिसक्दा मैले कतै पनि कमजोर पक्ष भेटिनँ ।

Dabur Nepal
NIC Asia

त्यस्तै, कार्यक्रमका अर्का वक्ता तथा उपन्यासकार नयनराज पाण्डेले लेखकले सइन उपन्यास लेखेर द्वन्द्वकालीन घटनाको भित्री मर्मलाई निकै मिहिन ढङ्गबाट प्रस्तुत गर्न सफल भएको बताए । उनले निकै मनछुने हरफहरू कथाको सन्दर्भसँग जोडेर प्रस्तुत गर्ने लेखकको लेखकीय शैलीले आफूलाई निकै तानेको र नेपाली उपन्यासका असल पाठकहरूले धेरै लामो समयदेखि खोजिरहेको उपन्यास बनेर ‘सइन’ उपन्यास आएको भन्दै प्रशंसा गरे ।

‘सइन’ का लेखक पाण्डेले आफूले सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षको वास्तविक कथालाई समेटेर शान्तिको पक्ष र द्वन्द्वको विरुद्धमा  लेखिएको बताए । 

उपन्यासलाई सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको हो ।

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu