site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजले गर्‍यो नेदरल्यान्ड्सविरुद्धको शृंखला ‘क्लिन स्विप’
SkywellSkywell

काठमाडौं । वेस्ट इन्डिजले नेदरल्यान्ड्स भ्रमणमा सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ । शनिबार राति सम्पन्न तेस्रो खेल वेस्ट इन्डिजले २० रनले जितेपछि शृंखला क्लिन स्विप गरेको हो ।

आम्सटेलभीनस्थित भीआरए क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३०८ रन बनाएको थियो । ३०९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९.५ ओभरमा २८८ रन बनाउँदा सबै विकेट गुमायो ।

Dabur Nepal
NIC Asia

जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखला क्लिन स्विप गरेको हो । पहिलो खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो भने दोस्रो खेल पाँच विकेटले जितेको थियो ।

वेस्ट इन्डिजका लागि काइल मेयर्स र शमार ब्रुक्सले शतक बनाए । मायर्सले १२० रन बनाए भने ब्रुक्स १०१ रनमा अविजित रहे । शाई होपले २४ रन जोडे । क्रुमाह बोन्नर १९ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लोगान भानी वीक, बिबियन किङ्मा, रायन क्लेइन, बास डी लीड र आर्यन दत्तले एक/एक विकेट लिए ।

३०९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका म्याक्स ओ’डोउडले ८९ रन बनाए । बिक्रमाजित सिंहले ५४ रन जोडे । मुसा अहमदले ४२ रन बनाउँदा डी लिडले २५ र स्कट इडवार्ड्सले १८ रनको योगदान गरे । पिटर सिलारले १६ र भान वीकले १५ रन जोडे ।

वेस्ट इन्डिजका शेरमन लेविसले तीन विकेट लिए । अकील होसैन र हेडेन वाल्शले समान दुई विकेट लिए । मायर्सको नाममा एक विकेट रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro