site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनबाट किन बिच्किँदैछ जसपा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनप्रति असन्तुष्ट देखिएको छ । गठबन्धन गरेर चुनावमा जाँदा विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकामा 'धोका खाएको' भन्दै जसपा संघीय चुनावका लागि वैकल्पिक गठबन्धनको अभ्यासमा जुटेको छ । 

जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणामपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् । अर्कोतिर जसपाबाटै विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि पुनः गठबन्धन गर्ने र सम्भव भए एकता नै गर्ने विकल्पमा पनि बहस भइरहेको छ । तर, लोसपासँगको सहकार्य वा एकताको विषय अहिलेलाई बहसमा मात्रै सीमित छ ।

यही बिचमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बबुराम भट्टराईको टिप्पणीले पनि अर्थपूर्ण सन्देश दिएको छ । उनले ट्विटरमार्फत अहिलेको गठबन्धन विपरीत विचारहरूबीचको भएको टिप्पणी गरेका छन् । लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनको विकल्प खोज्नुपर्ने उनको धारणा छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“विपरीत वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबिच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलोझैँ हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ । त्यसले दिर्घकालमा देश र जनताको हित गर्दैन,” भट्टराईले ट्विटरमा भनेका छन्, “दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका लागि गम्भीर ढंगले विकल्प सोचौँ !”

अघिल्लो संघीय चुनावमा उनी कांग्रेसको सहयोगमा निर्वाचित भएका थिए । गोरखा कांग्रेसले जितपछि भट्टराईले आफूलाई कसले जिताएको हो भन्ने हेक्का राखेर मतदाताको मन राख्नसमेत नसकेको आरोप लगाएको छ । 

Royal Enfield Island Ad

०७४ सालको संघीय निर्वाचनमा गोरखाबाट निर्वाचित भएर आएपछि भट्टराईले कांग्रेसकै विरुद्धमा भाषण गरे । त्यसबाट आक्रोशित भएका कांग्रेस कार्यकर्ताहरू केन्द्रमा गठबन्धन भएर फेरि भट्टराईसँग सहकार्य गर्नुपर्ने भएपछि केन्द्रीय नेताहरूसँग असन्तुष्ट बनेका थिए ।

तर, स्थानीय तह निर्वाचको मिति तय भएपछि भट्टराईले गोरखामा दुईवटा स्थानीय तह मागे । एघारमध्ये ०७४ मा ९ स्थानीय तह जितेको कांग्रेस कहाँ छोड्ने भन्ने अन्योलमा थियो । त्यसका बाबजुद कांग्रेसले भट्टराईको पालिकामा जसपाकै नेतृत्व स्वीकार गर्दै उपप्रमुख लिन सहमत भयो । तर, वडाको बाँडफाँटमा पनि सहमति जुट्न नसकेपछि असन्तुष्टि चुलिएको थियो । त्यसपछि वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेगरी पालुङटार र गोरखा नगरपालिकामा प्रमुख र उपप्रमुखमा सहकार्य गर्ने सहमति जुट्यो ।

तर, भट्टराईले त्यहाँ आफ्नो कार्यकर्तालाई नियन्त्रणमा राख्न सकेनन् । गोरखामा उपप्रमुख आफ्नो र माओवादीको प्रमुख जिताउने सहमति थाहा भएपछि कांग्रेसले विमति जनायो । अन्तमा छुट्टाछुट्टै चुनावमा जाने निर्णय भयो । पालुङटामा एमालेको सहयोग लिएर लडेको जसपा पराजित भयो । कांग्रेसलाई स्थानीय तहमा घाटा भयो । विगतमा नौ पालिका जितेको कांग्रेस दुई पालिकामा सीमित भयो भने विगतमा दुई पालिका जितेको माअ‍ोवादी केन्द्रले ९ पालिकामा जित निकाल्यो । 

त्यसपछि गोरखाका कांग्रेसहरू डा. भट्टराईलाई चुनाव जिताउन नसक्ने र केन्द्रले गठबन्धन गरेपनि भोट नहाल्ने बताउन थाले । डा. भट्टराईले कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेसँग कुरा गर्दा पाण्डेले अघिल्लोपटक कांग्रेसले सहयोग गरेकाले यसपटक कांग्रेसलाई सहयोग गर्न प्रस्ताव राखिदिए । 

“अहिले त कांग्रेसलाई जसपाले धेरै चित्त दुखाएको छ, त्यसैले कांग्रेसले चुनाव जिताउँदैन भन्नेमा विश्वस्त भएपछि पूर्वप्रधानमन्त्री भट्टराई भरपर्दो सहयोगीको खोजीमा लाग्नुभएको हो,” गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले बाह्रखरीसँग भने, “उहाँ विचार मिल्ने गठबन्धन होइन आफूलाई चुनाव जिताइदिने सहयोगीको खोजीमा लाग्नुभएको हो ।” 

भट्टराईलाई व्यक्तिगत सुरक्षाको समस्या परेको टिप्पणी भइरहेपनि जसपामा अन्य नेताहरूपनि अहिलेकै गठबन्धनबाट पार्टीले उपलब्धि हासिल गर्न नसक्ने बताइरहेका छन् । उनीहरू यही गठबन्धनमा चुनावमा गए कांग्रेसले बढी लाभ लिने र अन्य दलहरू थप कमजोर हुने बुझाइमा छन् । 

जसपा नेता इस्तियाक राई त कांग्रेससँग गठबन्धन गरेपनि भोट नआउने भन्दै विकल्प खोजी गर्नु अनिवार्य भएको बताउँछन् । 

“सत्ता गठबन्धनका विषयमा जे गरे पनि हुन्छ । तर, अहिलेको गठबन्धनलाई चुनावी गठबन्धन बनाउनु उपयुक्त हुँदैन,” नेता राईले बाह्रखरीसँग भने, “हामीले विराटनगर, जनकपुर र कलैयामा कांग्रेसबाट धोका खाएका छौँ ।”

वीरगञ्ज र नेपालगञ्जमा पाएको सफलता चाहिँ हिसाब हुँदैन भन्ने प्रश्नमा जसपा नेता राई त्यहाँपनि कांग्रेसको सहयोग नभएको बताउँछन् । 

“वीरगञ्जमा हाम्रै भोटले चुनाव जितेका हौ । नेपालगञ्जमा पनि कांग्रेसको भोट आएन,” राईले भने, “नेपालगञ्जकै कुरा गर्नुहुन्छ भने हामीले ७ हजार बढी भोट कांग्रेसलाई दिएका छौँ, कांग्रेसले हामीलाई नदिएर दुईहजार भोट कतै अरूलाई दिएको छ त कतै कांग्रेसकै उमेदवार नभएको चिह्नमा गएको छ ।”

उनले नेपालगञ्जमा मत गणनामै बसेर हेर्दा कांग्रेसको भोट जसपालाई नआएको दाबी गरे ।

लोसपाका एक नेता भने स्थानीय तहमा सत्तारूढ दलको गठबन्धन जबर्जस्त ढंगले भएपनि त्यसले परिणाम दिन नसकेपछि अहिले भत्कने प्रक्रियामा देखिएको बताउँछन् । संघीय चुनावसम्म धेरै कुरामा बदलाब आउने बताउँदै ती नेताले अहिले आकलन गरेजस्तो संघीय चुनाव नहुने बताए । उनको बुझाइमा लोसपा गठबन्धनबाट बाहिरिने छ । लोसपा–कांग्रेस गठबन्धन मधेस प्रदेशमा हुने ती नेताको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro