site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटपछि चार दिनमै १११ अंकले घट्यो नेप्से
SkywellSkywell

काठमाडौं । बजेट वक्तव्यपछि लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । गएको आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

नयाँ बजेटपछि बजार बढ्नेमा आशावादी रहेका लगानीकर्ता लगातार चौथो दिनसम्म पनि गिरावट भएपछि निराश बनेका छन् । साताको चौथो कारोबार दिन बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ अंकमा बन्द भएको छ ।

Dabur Nepal
NIC Asia

बजेटले सेयर बजारलाई सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ताले आलोचना गरेपछि बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले बजेटले सेयर बजारलाई यथोचित सम्बोधन गरेको जिकिर गरेका थिए । उनले बजेटले पुँजीबजारलाई सम्बोधन गरेन भन्नेहरूका लागि बजेटको बुँदा नम्बर ३३२ पढेर मात्र धारणा बनाउन आग्रह गरेका थिए । उनको उक्त मन्तव्यले पनि सेयर लगानीकर्ताको मनोबल बढाउन सकेन ।

बजेटपछिका चार दिनेमा नेप्से १११.३१ अंकले घटेको छ । गएको शुक्रबार २२२३.७८ अंकमा बन्द भएको नेप्से पछिल्लो समय डेढ वर्षयताकै न्यून विन्दुमा रहेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.१४ प्रतिशतले बढेको छ । नेप्सेमा लगातार गिरावट भइरहँदा बजारमा कारोबार रकममा पनि उत्साह देखिँदैन । आज दिनभर बजारमा एक अर्ब १६ करोड १५ लाख रुपैयाँको कारोबार हुँदा माउन्टेन हाइड्रो नेपालको सर्वाधिक १२ करोड १३ लाखको करोबार भएको छ । यस्तै, एनआईसी एसिया बैंकको ६ करोड ५५ लाख र नबिल बैंकको तीन करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकामा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ३९ कम्पनीको सेयर मूल्य  वृद्धि हुँदा ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबार भएका मध्ये बलेफी हाइड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ४.२० प्रतिशत र  उपकार लघुवित्तको  सेयर मूल्य ४.०४  प्रतिशतले बढेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले गिरावट हुँदा उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२३ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro