site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ईयू नेताहरुबीच रुसी तेल आयात रोक्ने सहमति 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरुबीच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिवन्ध लगाउन लागेको हो ।

हंगेरीको विरोध पश्चात पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ । तर, पोल्यान्ड र जर्मनीले पाइपलाइनमार्फतको तेल आयातसमेत रोक्ने बताएपछि कूल ९० प्रतिशत रुसी तेल रोकिने भएको छ ।
 
युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिचेलले तेल सम्झौता कटौतिका कारण रुसलाई युद्धमा लगानी गर्ने ठूलो रकमको अभाव हुने बताएका छन् । यो ब्रसेल्सको बैठकमा अनुमोदित छैठौं नाकावन्दीको एक अंश हो ।
 
यसलाई ईयूका सम्पूर्ण २७ वटा सदस्य राष्ट्रले मान्नुर्छ । रुसले हालसम्म ईयूले आयात गर्ने कूल इन्धनमध्ये २७ प्रतिशत तेल र ४० प्रतिशत ग्यास आपूर्ति गर्दै आएको छ । जसको वदलामा ईयूले रुसलाई वार्षिक करिव ४३० अर्व अमेरिकी डलर भुक्तानी गर्दै आएको थियो । 

यसअघिसम्म ईयूतर्फ आयात हुने रुसी ग्यासमाथि कुनै नाकावन्दी लगाइएको थिएन । यद्यपि, रुसबाट जर्मनीतर्फ नयाँ ग्यास पाइप लाइन ल्याइने योजना भने रोकिन पुगेको थियो । आफ्नो तेल आवश्यकता मध्ये ८ प्रतिशत रुसबाट ल्याउने गरेका वेलायतले पनि यसैवर्षको अन्त्यसम्ममा रुसी तेल रोक्ने प्रतिवद्धता जाहेर गरेको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय