site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दिनको एउटा अन्डा खाँदा मुटुसम्बन्धी रोगबाट जोगिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिंग । मानव स्वास्थ्यसम्बन्धी गरिएको एउटा पछिल्लो अनुसन्धानले दिनको एउटा अन्डा खानाले कार्डियोभास्कुलर रोगको खतरा कम पार्ने पत्ता लगाएको छ । 

यस अध्ययनका प्रमुख लेखक तथा चीनको बेइजिंगस्थित पेकिंग युनिभर्सिटीको इपिडिमियोलोजी तथा वायोस्टाटिस्टिक्स विभागका लान्ग पान, एमएससीले भनेका छन्, “केही अध्ययनले प्लाज्मा कोलेस्टरल मेटाबोलिज्मले अन्डा सेवन र काडियोभास्कुलर रोगको खतराबीच भूमिका खेल्ने देखाएका छन् । त्यसैले हामीले त्यो अन्तरलाई सम्वोधन गर्न सहयोग पुर्याउन चाहेको थियौं ।” 

यस टोलीले अनुसन्धान पूरा गर्न चाइना क्यादुरी वायोबैंकका ४ हजार ७७९ जना सहभागीको छनोट गरेको थियो । अनुसन्धानकर्ताहरूले सहभागीहरूको रगतबाट निकालिएका प्लाज्मा नमुना २२५ वटा मेटावोलाइट्स नाप्न आणविक चुम्वकीय रिजोनन्स नामक प्रविधि प्रयोग गरेका थिए ।
 
अनुसन्धानकर्ताहरूले निरन्तर सानो परिमाणमा अन्डा खानेहरूका रगतमा उच्च घनत्वको लिपोप्रोटिन (एचडीएल) को एक भाग एपोलिपोप्रोटिन ए १ को स्तर उच्च रहेको पत्ता लगाए । यस अनुसन्धानका सहभागीहरूका रगतमा धेरै मात्रामा एचडीएल अणुहरू भेटाए । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता अणुहरूले रक्तनलीका कालेस्टेरोल सफा गरेर ह्रदयाघात र मस्तिष्कघात निम्त्याउने अवरोधहरु हटाउँछन् । याहुलाइफ 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC