देश
काठमाडौं । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् ।
४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए । बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्