अर्थ व्यवसाय
काठमाडौं । सरकारले जलवायु परिवर्तनको प्रभाव कम गर्ने बताएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन गरिने बताइन् ।
साथै उनले कार्बन प्रशोधन क्षमता अभिवृद्धि गरी कार्बन व्यापारबाट थप लाभ प्राप्त गरिने पनि जानकारी दिइन् । राष्ट्रपति भण्डारीले वन विनाशलाई सन् २०३० सम्म शून्यमा झार्न ग्लास्गो घोषणा कार्यान्वयन गरिने बताइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १७:३६
प्रतिक्रिया दिनुहोस्