site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मोरङको विराटनगर महानगरपालिकाका प्रमुखले पद बहाली गर्दा महानगरपालिकाले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने निर्णयमा हस्ताक्षर गरे । यसैगरी कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुखले नगरपालिकाका सबै बालबालिकालाई माध्यमिक शिक्षासम्म निःशुल्क पढाइने पहिलो निर्णय गरे ।
 
यी प्रतिनिधि घटना हुन् । देशका विभिन्न पालिकाहरूमा यस्ता निर्णयहरू भएका होलान् । केही विशेष गरेर देखाउने र आफूलाई राम्रो जनप्रतिनिधि साबित गर्ने चाहना सबैको हुन्छ । त्यसो हुनु स्वाभाविक पनि हो ।
 
चुनाव जितेको जोसमा जनताका लागि सुविधा र सहयोगको घोषणा गर्ने होड नै चल्न सक्छ । परन्तु, यस्ता घोषणा पालिकाको साधनस्रोत र वास्तविकतामा आधारित नभए कार्यान्वयन हुन सक्तैनन् । कार्यान्वयन नभए त्यस्ता घोषणा प्रत्युत्पादक हुन्छन् । 
 
 कर्मचारीले करिब १५ वर्ष स्थानीय निकाय सञ्चालन गर्दा जनतामाथि अनुचित र अनावश्यक करको बोझ थपिएको थियो । अगिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले समेत त्यस्ता करहरूमा पुनर्विचार गरेनन् । अनुचित करलाई पालिकाको आमदानीको स्रोत भन्दै कायमै राखे ।
 
पालिकाहरूले दिने आधारभूत सेवालाई समेत राजस्वको स्रोत बनाउने कारिन्दे सोचले गत ५ वर्ष पनि निरन्तरता पायो । गरिब विद्यार्थीका लागि छात्रवृत्तिको सिफारिस दिँदा पनि पैसा असुल्ने प्रवृत्ति यसैको उदाहरण हो । 

यस्ता विवेकहीन दस्तुर उठाएर फजुल खर्च गर्ने प्रवृत्ति बन्द हुनुको साटो  ५ वर्षमा बढाउने काम भयो । पुराना प्रतिनिधि अधिका‌ंशले यसपटक चुनाव हार्नुको एउटा कारण यस्तो अभ्यास पनि हुनसक्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तो अभ्यास जनमुखी मानिन सक्तैन । पालिकाहरूले कर पक्कै लिनुपर्छ तर सिफारिसजस्ता सेवाबाट राजस्व बढाउन खोज्नुको साटो जनतालाई हुने फाइदामा बढी कर लगाउनु न्यायोचित हुन्छ । 

नगर क्षेत्रमा आफू बसेको घरसमेत आंशिक बहालमा लगाएर गुजारा चलाउनेदेखि पैसा लगानी गरेर ब्याज कमाउनेसम्मका परिवारहरू हुन्छन् । तिनलाई लगाइने करको सीमा र दर समान बनाउनु अन्याय हुन्छ । 

Royal Enfield Island Ad

राज्यबाट हुने भौतिक पूर्वाधार निर्माणबाट सम्पत्तिको मूल्य बढ्नेहरूसँग पालिकाहरूले पनि बढी कर लिए हुन्छ ।  यसैले प्रचलित करका दरको यथार्थ समीक्षा गरेर सबैले राजीखुसी कर तिर्ने वातावरण निर्माण गर्न सके अहिलेको कुल राजस्वमा पनि वृद्धि नै हुने देखिन्छ ।

साथै, करको दर हेरफेर सस्तो लोकप्रियतामा आधारित भयो भने पनि प्रत्युत्पादक हुन्छ । यस्तै सामाजिक सुरक्षाका नाममा नगद भत्ता बढाउने होड गर्नुभन्दा स्वास्थ्य, शिक्षाजस्ता सेवामा पहुँच र गुणस्तर वृद्धिमा जोड दिनुपर्छ । सार्वजनिक विद्यालयमा पढाइको स्तर सुधार नभए निःशुल्क हुनुको कुनै अर्थ हुँदैन ।  
 
यसैले जनप्रतिनिधिहरू जनमुखी बन्नुपर्छ तर सस्तो लोकप्रियताका लागि लोकरिझ्याइँमा लाग्नु हुँदैन । अहिले गरेको निर्णय उल्ट्याउन वा त्यसमा पछुताउन पर्ने अवस्था उत्पन्न नहोस् । जनताका सबैभन्दा नजिकका स्थानीय सरकारहरूलाई असफल हुने छुट छैन । 
 
 
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro