site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : एमेच्योर वाङचेनलाई अग्रता 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एमेच्योर वाङचेन धोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन सोमबार अग्रता बनाउन सफल भएका छन् । 

सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगितामा वाङचेनले सात अन्डर ६७ स्कोर गरेका छन् । वाङचेनले दोस्रो स्थानका खेलाडीलाई तीन स्ट्रोक्सले पछि पारेका हुन् । चार अन्डर ६८ स्कोर गरेका भुवन नगरकोटी, रवि खड्का र निरज तामाङ दोस्रो स्थानमा छन् । 

वाङचेनले बुगीबाट दिनको सुरुआत गरेका थिए । तर, दोस्रो होलमा उनले बर्डी खेले भने तेस्रोमा इगल खेलेका थिए । त्यसपछि लगातार चार होलमा उनले बर्डी खेले । त्यसपछि आठौँ र नवौँमा उनले इभान पार स्कोर गरेका थिए । फ्रन्ट नाइनमा ६ अन्डर ३० स्कोर गरेका थिए । ब्याक नाइनमा वाङचेनले एक अन्डर ३५ स्कोर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

भुवनले फ्रन्ट नाइन र ब्याक नाइन दुवैमा दुई अन्डर ३४ स्कोर गरेका थिए । रवि र निरज दुवैले फ्रन्ट नाइनमा एक अन्डर ३५ र ब्याक नाइनमा तीन अन्डर ३३ स्कोर गरेका थिए ।

शुक्रबहादुर राई, एमेच्योर सद्भाव आचार्य र महेन्द्र फगामीले तीन अन्डर ६९ स्कोर गरे । रामे मगर र एमेच्योर सुवास तामाङले दुई अन्डर ७० स्कोर गरे । शुक्रले फ्रन्ट नाइनमा एक अन्डर ३५ र ब्याक नाइनमा दुई अन्डर ३४ स्कोर गरेका थिए । एमच्योर सद्भाव र महेन्द्रले फ्रन्ट नाइनमा समान दुई अन्डर ३४ र ब्याक नाइनमा समान एक अन्डर ३५ स्कोर गरेका थिए । 

Global Ime bank

रामे मगरले फ्रन्ट नाइनमा दुई अन्डर ३४ र ब्याक नाइनमा इभन पार स्कोर गरेका थिए । एमेच्योर सुवासले फ्रन्ट नाइनमा इभन पार स्कोर गरेका थिए भने ब्याक नाइनमा दुई अन्डर ३४ स्कोर गरेका थिए । 

पशुपति शर्मा, दलबहादुर लामा, भुवनकुमार रोका, बलबहादुर राई, पूर्णप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ र भारतीय एमेच्योर आरभ डी. शाहले समान एक अन्डर ७१ स्कोर गरे । 

दाजुभाई विष्णुप्रसाद र सूर्यप्रसाद शर्माले समान इभन पार ७२ स्कोर गरे । एमेच्योर विजय श्रेष्ठ, तीर्थ पौडेल, संजोक मोक्तान, राजेन्द्र श्रेष्ठ र प्रदीपकुमार लामाले समान एक ओभर ७३ स्कोर गरेका छन् । 

प्रतियोगितामा ४२ व्यावसायिक र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । दुई चरण गरेर ३६ होलको खेलपछि कट गरिने छ । कटपछि शीर्ष २१ र बराबरी अंक ल्याउने खेलाडीले बाँकी ३६ होलमा फाइनल चरणको प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २१ सँगै ६ एमेच्योर खेलाडीले पनि फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । दोस्रो हुनेले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । चौँथो हुनेले ९५ हजार र पाँचौँ हुनेले ८७ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसका साथै शीर्ष २१ मा पर्ने अरू गल्फरले पनि नगद पुरस्कार जित्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय