अर्थ व्यवसाय
![इन्धनको भाउ बढेसँगै ४४५ रुपैयाँसम्म हवाई भाडा बढ्यो](https://12khari.top/uploads/posts/TIA-Airport-Plane-Biman1616147576.png)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।
इन्धनको मूल्य बढेसँगै संघले रुटअनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।
संघकाअनुसार काठमाडौं–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ४४५ रुपैयाँ भाडा बढेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १७:५६
प्रतिक्रिया दिनुहोस्