site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ समीक्षा : गठबन्धनमा अविश्वास– कांग्रेस सुध्रँदै, एमाले निकै कमजोर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित प्रदेश नम्बर–१ देशकै स्थानीय तहको आधारमा जेठो प्रदेश हो । १३७ स्थानीय तह रहेको प्रदेशमा १४ जिल्ला छन् । 

स्थानीय तहको संख्याले मात्र होइन अधिकांश पार्टीका मुख्य नेताको पनि गृह जिल्ला भएर पनि प्रदेश नम्बर–१ राष्ट्रिय राजनीतिलाई प्रभावमा राख्न सक्ने ल्याकत राख्छ । राष्ट्रिय राजनीतिमा नेतृत्व तहकै शीर्ष नेताहरु छन् । 

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री  झलनाथ खनालको गृह प्रदेश प्रदेश नम्बर–१ नै हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै पूर्वमहामन्त्रीद्वय कुलबहादुर गुरुङ र कृष्ण सिटौला जसपा अध्यक्ष उपेन्द्र यादव, जसपा वरिष्ठ नेता अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृह प्रदेश यही हो । 

संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देवेको गृह प्रदेश पनि यही नै हो । एमाले नेताहरु विशाल भट्टराई, भानुभक्त ढकाल, योगेश भट्टराई, भिम आचार्य, शेरधन राई लगायतका नेताको आधारभूमि समेत हो ।

Global Ime bank

संविधान सभाबाट २०७२ सालमा संविधान जारी भएपछि पहिलोपटक ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमाले प्रदेश–१ मा सबैभन्दा ठूलो शक्तिको रुपमा उदाएको थियो । 

पाँच वर्षपछि भएको निर्वाचनमा भने एमालेले आफ्नो शाख गुमाएको छ । निर्वाचन परिणाम हेर्दा एमाले निकै कमजोर सावित भएको छ ।

एमाले प्रदेश–१मा एमाले दोस्रो हैसियतमा खुम्चिन पुगेको  छ । अघिल्लो चुनावमा ६९ स्थानीय तह जितेर पहिलो भएको एमालेका प्रभावशाली नेताहरुले नै आफ्नै पालिका जोगाउन नसक्दा  समाचार तयार पार्दासम्म ४३ स्थानमा खुम्चिएको छ । ९ स्थानीय तहको मत परिणाम आउन बाँकी रहँदा एमालेको चार स्थानमा अग्रता छ । अग्रता जितमा परिणत भए एमाले ४७ स्थानमा पूर्णविराम लाग्नेछ ।   

नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने अपेक्षाकृत नजिता ल्याउन नसकेको भन्दै यसो हुनुमा दुईवटा कारणले काम गरेका बताउँछन् । 

“एउटा त प्रदेशव्यापी गठबन्धन थियो । पार्टी चोइटिएर गएको बेला । चोइट्याउनेले आफू जित्ने भन्दा एमालेलाई कसरी हराउने भनेर अपवित्र गठबन्धन गरे,” न्यौपानेले बाह्रखरीसँग भने, “अर्को राज्यशक्तिको चरम दूरुपयोग भयो । राज्य शक्ति प्रहरी प्रशासनको दूरुपयोग गरेर धाँधली र गुण्डागर्दी भए ।” तर, गठबन्धन गरेर पालिका जिते पनि मतका आधारमा एमाले नै पहिलो दल भएको उनको दावी छ । 

न्यौपानेले यस्तो दावी गरे पनि गठबन्धनसँग एमालेको तुलना गर्दा ८४–४६ को तथ्यांक आउँछ । गएको स्थानीय तह निर्वाचनबाट प्रदेश नम्बर–१मा दोस्रो भएको नेपाली कांग्रेस अहिले पहिलो भएको छ । 

पहिलो हुँदै गर्दा पनि कांग्रेसले अहिलेसम्म पहिले एमालेले पाँच वर्षअघि जितेजति पालिका जितिसकेको छैन  । 

कांग्रेसले ०७४ सालको चुनावमा ५१ स्थानीय तह जितेको थियो । अहिले उसले १४ स्थानीय तह थपिसकेको छ भने परिणाम आउन बाँकी रहेका थप तीन स्थानीय तहमा अग्रता कायम छ । कांग्रेसले अग्रतालाई जितमा परिणत गर्न सक्यो भने उसको प्रदेश–१मा ६८ स्थानीय तह पुग्ने छ । 

कांग्रेसले अहिले जितेका स्थानीय तहमध्ये थुप्रै ठाउँमा विभिन्न दलसँग गठबन्धन गरेको छ । त्यसैले पनि कांग्रेस नेताहरुले यो परिणामलाई अपेक्षित सुधार मानेका छैनन् । यस्तो हुनुमा कांग्रेसले गठबन्धनबाट लाभ मात्र नभएर नोक्सान पनि भएको उनीहरुको बुझाई छ । 

कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देबेका अनुसार प्राप्त परिणामलाई उत्कृष्ट मान्ने अवस्था नभए पनि सुधार भएको भन्दै गठबन्धनमा आवद्ध नेताहरुको असन्तुलित अभिव्यक्तिले पनि धेरै ठाउँमा घाटा भएको बताए । 

“सुरुमा त गठबन्धनसम्म पुग्न नै कठिन भयो । गठबन्धन भइसके पछि पनि नेताहरुबाट असन्तुलित अभिव्यक्ति आउँदा त्यसले विश्वासको वातावरण निर्माण हुन सकेन,” आङदेम्बेले बाह्रखरीसँग भने, “भोट हाल्दा पनि गठबन्धनप्रति इमान्दारी देखिएन । जसपाबाट अलि असहयोग भएकै हो । तर, पनि अहिलेको परिणामलाई उपलव्धी मान्नै पर्छ ।” उनले गठबन्धनमा कमजोरी देखिएको भन्दै चुनावसम्म लानेभए गठबन्धनमा गम्भीर समीक्षा गरेर कमजोरी ‘करेक्सन’ गर्नुपर्नेमा बताए । 

गठबन्धनको सहयोगमा प्रदेश–१ मा माओवादी केन्द्रले पनि आफ्नो प्रभाव विस्तार गरेको छ । अघिल्लो चुनावमा ९ स्थानीय तहमा सीमित भएको माओवादी यसपटक १२ स्थानीय तहमा जित निकाल्न सफल भएको छ । 

नतिजामा सुधार देखिए पनि माओवादी नेताहरु प्रदेशमा आएको नतिजाले चित्त बुझाउने अवस्था नभएको बताउँछन् । कतिपय स्थानमा आफ्नै पार्टीका उमेदवार चयनमा भएको गल्तिका कारणले हार्नुपरेका र  कतिपय स्थानीय तहमा गठबन्धनका दल र मुख्यतः कांग्रेसको सहयोग नभएका कारण हार्नुुपरेको माओवादी नेतृ धर्मशीला चापागाईँको भनाई छ । 

“उमेदवार चयनदेखि टिकट वितरणमा हाम्रो पार्टीबाट गल्ती भयो । गठबन्धन भएर छोटो समयमा प्रचार गर्नुपरेकाले पनि अपेक्षित मतदाता शिक्षा दिन सकिएन,” चापागाईँले बाह्रखरीसँग भनिन्, “कांग्रेसभित्रको अन्तरकलहले उनीहरुमात्र हारेनन् हामीलाई पनि हराए ।” 

केन्द्रबाट गठबन्धन टुंग्याए पनि स्थानीय तहमा सैद्धान्तिक भिन्नता भएको पार्टीलाई मत हाल्ने वाताव।रणका लागि गठबन्धनको आवश्यकता र औचित्य पुष्टि गर्न नसक्दा पनि घाटा भएको उनको बुझाई छ । 

यहाँका तीन स्थानीय तहमा स्वतन्त्र उमेदवार विजयी भएभने । राजेन्द्र लिङ्देनको पार्टी राप्रपाले दुई स्थानीय तहमा जित निकाल्यो । नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तह र उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टीले दुई स्थानीय तह जितेका छन् । 

एमाले गुमाएका स्थानीय तहहरु 

अघिल्लो स्थानीय तहमा एमालेले प्रदेश–१ को हिमाली जिल्ला ताप्लेजुङ्मा पाँच गाउँपालिका जितेको थियो । यसपटक तीन पालिकामा सीमित भएको छ । पाँचथरमा अघिल्लो पटक तीन पालिका जितेको एमाले यसपक एक पालिकामा सिमित भएको छ । 

सुवास नेम्वाङको गृहजिल्ला इलाममा एमालेले उनकै स्थानीय तह इलाम नगरपालिका गुमाएको छ । अघिल्लो पटक इलाममा ७ पालिका जितेको एमाले यसपटक दुइ स्थान गुमाएर पाँच स्थान जितेको छ । 

झापामा भने मतगणना जारी छ । मत गणना सकिएकामध्ये एमालेले तीन पालिका जितिसकेको छ । सोलुखुम्बुमा दुई ओखलढुंगामा एक, खोटाङमा २, संखुवासभामा ४, भोजपुरमा ३, तेह्रथुमा ३, धनकुटामा तीन, उदयपुरमा २, जितेको एमालेले मोरङमा भने आफ्नो अवस्था सुधार गर्दै ७ पालिका जितेको छ । सुनसरीमा पनि एमालेले तीन स्थानीय तहमा जित निकालेको छ । 

जहाँ कांग्रेसले जित्यो 

कांग्रेसले प्रदेश नम्बर–१मा आफ्नो अवस्था सुधार गर्न सकेन पनि विगतममा जितेका पालिका जोगाउन भने असफल भएको छ । विगतमा जितेका चार पालिका यसपटक काम भएपनि दुइ गुमाएर दुई नयाँ थपेको छ । 

कांग्रेसले ताप्लेजुङमा गएको स्थानीय तह निर्वाचनमा आठराई त्रिवेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरीजङ्घा गाउँपालिका जितेको थियो । कांग्रेसले यसपटक संख्या भने घटाएन । मेरिङदेन गाउँपालिका, फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका र सिरीजङ्घा गाउँपालिका कांग्रेसले जित्यो । 

पाँचथरमा अघिल्लो पटक चार स्थानीय तह जितेको कांग्रेसले यसपटक दुई स्थान थपेर छ पुर्‍याएको छ । 

विगतमा चुनावमा जितेका तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका थिए ।

यसपटक भने दुई स्थान सुधार गरेको छ । जसमा फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका छन् । 

इलाममा यसपटक एक पालिका थपेर चार पुर्‍याएको छ । अघिल्लो चुनावमा फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, रोङ गाउँपालिका जितेको कांग्रेसले यसपटक रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका जितेको हो ।  

झापामा मतगणना जारी छ । कांग्रेसले झापाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, वुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका गरी चार पालिका जितिसकेको छ । 

कांग्रेसले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, नेचासल्यान गाउँपालिका,  सोलुदूधकुण्ड नगरपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिकामा जित हासिल गर्‍यो । यस्तै संखुवासभामा सिलीचोङ गाउँपालिका, चिचिला गाउँपालिका, मकालु गाउँपालिका, पाँचखपन नगरपालिका, खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिकामा जित निकाल्यो । 

ओखलढुंगामा कांग्रेसले सुनकोशी गाउँपालिका, चम्पादेवी गाउँपालिका, सिद्धिचरण नगरपालिका, लिखु गाउँपालिका जित निकाल्यो । 

खोटाङमा बराहपोखरी गाउँपालिका, केपिलासगढी गाउँपालिका,  हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका, रावा बेसी गाउँपालिकामा पनि कांग्रेसले जित निकालेको छ । 

भोजपुरमा टेम्केमैयुङ गाउँपालिका, अरूणा गाउँपालिका र भोजपुर नगरपालिका जितेको कांग्रेसले तेह्रथुमको लालिगुराँस नगरपालिका, आठराई गाउँपालिका, फेदाप गाउँपालिका जितेको छ । 

धनकुटामा सागुरीगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, छथर जोरपाटी गाउँपालिका कांग्रेस विजयी भएको छ । 

उदपुरमा वेलका नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, ग्रामथान गाउँपालिका, रतुवामाई नगरपालिका, जहदा गाउँपालिका,  धनपालथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा कांग्रेसले जितेको छ । 

सुनसरीको भोक्राहा नरसिंहमा गाउँपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, ईटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, हरिनगर गाउँपालिकामामा कांग्रेस विजयी भयो । 

माओवादीले बढाएको संख्या 

गएको स्थानीय तहमा ताप्लेजुङमा शून्य भएको माओवादीले यसपटक दुई पालिका जितेको छ । यो निर्वाचनबाट उसले फक्ताङलुङ गाउँपालिका र मैवाखोला गाउँपालिका जित्न सफल भयो । 

माओवादीले पाँचथरमा मिक्लाजुङ गाउँपालिका जितेको छ । अघिल्लो पटक पनि यो पालिका माओवादीले नै जितको थियो । इलाम र झापामा भने माओवादी केन्द्र यपटक पनि प्रमुख पदमा शून्य भएको छ । 

माओवादीले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका जितेर उपस्थिति कायम राखेको छ भने ओखलढुंगा चिशंखुगढी गाउँपालिका जितेर शून्यबाट जोगिएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका गरी दुई पालिका जितेको माओवादीले भोजपुरमा पनि आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका गरी दुइ स्थान जित्न सफल भयो । 

उदयपुरको रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका गरी तीन पालिकको नेतृत्व पाएको माओवादी प्रदेश १मा १२ स्थानमा सीमित छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय