site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लाइपजिगले जित्यो जर्मन कपको उपाधि 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो ।

Agni Group
NIC Asia

५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन ।

Global Ime bank

७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइपजिग नौ खेलाडीमा सीमित बनेको थियो ।

पेनाल्टी सुटआउटमा फ्रेइबर्गका क्रिस्टियन गुन्टर र इर्मेडिन डेमिरोभिक गोल गर्न चुके । लाइपजिगका पाँचै खेलाडीले गोल गरेका थिए । योसँगै लाइपजिगले पहिलो उपाधि उचाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय