site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खोटाङमा प्रभावशाली नेताले निर्वाचनमा गुमाए प्रभाव  
Siddhartha BankSiddhartha Bank

खोटाङ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उमेदवार विजयी भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा आफ्नो गृहवडा तथा पालिकामा अर्कै पार्टीका उमेदवार विजयी भएपछि प्रदेशका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरूको पार्टीभित्रै आलोचना भइरहेको छ । 

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका साझा उमेदवार नेकपा (माओवादी केन्द्र)का उदिमबहादुर राई प्रमुख र नेपाली कांग्रेसका रुपेश राई उपप्रमुखमा विजयी भएका छन् । 

विसं ०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा दुवै पदमा एमाले विजयी भएको सो गाउँपालिकामा यस वर्षको निर्वाचनमा एमालेको तर्फबाट प्रमुखमा उमेदवार बनेकी कविता राई र उपप्रमुखका उमेदवार राजन बञ्जरा पराजित भए ।  

Agni Group
NIC Asia

प्रमुखमा उदिमबहादुरले तीन हजार ७२८ मत ल्याएर विजयी हुँदा कविताले तीन हजार ६९० मत प्राप्त गरेका छन् । उपप्रमुखमा जित हासिल गरेका रुपेशले तीन हजार ७६३ मत ल्याउँदा राजनले तीन हजार ३१० मत प्राप्त गरेका छन् । एमाले प्रमुख सचेतक भट्टराईको गृहवडा खोटाङबजारमा भने एमालेका शिवप्रसाद फुँयाल विजयी भएका छन् । कांग्रेसका प्रेम थापालाई १६५ मतले पछि पार्दै एमाले उमेदवार फुयाँल वडाध्यक्षमा निर्वाचित भएक हुन् ।  

नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईको गृहपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उमेदवार विजयी भएका छन् । कांग्रेसका उमेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई प्रमुखमा विजयी भएकाहुन् । लोकेन्द्रले दुई हजार ८०३ मत ल्याएर विजयी हुँदा नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरे । 

Global Ime bank

उपप्रमुखमा कांग्रेसकी रमा कटवाललाई ४२१ मतले हराउँदै एमालेकै अरुणा थापामगर विजयी बनेकी छन् । अरुणाले दुई हजार ७३३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी रमाले दुई हजार ३१२ मत प्राप्त गरेकी छन् । विसं ०७४ को निर्वाचनमा सो गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो । 

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी उमेदवार बिर्सिका राई निर्वाचित भएकी छन् । रविप्रकाशले एक हजार ८५० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार ७७२ मत प्राप्त गरेका छन् । खड्का निवर्तमान पालिका प्रमुखसमेत हुन् ।  

यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्षमा विजयी भए । एकीकृत समाजवादीका उमेदवार माइतीराज राईलाई ४३६ मतले पछि पार्दै कांग्रेसका समिर राई विजयी भएका हुन् । समिरले दुई हजार २४४ मत ल्याएर विजयी हुँदा माइतीराजले एक हजार ८०८ मत प्राप्त गरे । सो गाउँपालिकाको उपप्रमुखमा जनता समाजवादीका उमेदवार गुरुराज राईले जित हासिल गरे । 

गुरुराजले एक हजार ९८३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका मैया सुनुवारले एक हजार ७६१ मत प्राप्त गरिन् । मन्त्री राईको गृहवडा बास्पानीमा भने एकीकृत समाजवादीका तुलाराम राई विजयी भएका छन् । 

एमालेकी केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको वडा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादीका खगेन्द्र राई विजयी भएका भएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित डिल्लीकुमार राईलाई हराउँदै माओवादीका उमेदवार खगेन्द्र वडाध्यक्षमा विजयी एका हुन् ।  

यस्तै कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत विजयी भए । बस्नेतले ३९५ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र राईले २५५ मत पाए । 

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले छ तथा माओवादी र एमालेले दुईदुई स्थानीय तह जितेका छन् । अघिल्लो अर्थात् ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एक स्थानीय तह जितेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu