site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रूपन्देहीमा तिलोत्तमामा एमालेको अग्रता कायमै

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयरका उमेदवार नेकपा (एमाले)का मोहन चापागाईंले अग्रता कायमै राखेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण खाँणभन्दा करिब २०० मतले अगाडि छन् ।

पछिल्लो विवरणअनुसार २० हजार ६९५ मत गणना हुँदा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेका छन् । कांग्रेसबाट रामकृष्ण खाँणले ८ हजार ३८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकी जागेश्वरीदेवी चौधरीले चारहजारको मतान्तरसहित अग्रता कायमै राखेकी छन् । चौधरीले ७ हजार ९८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले तीनहजार ७९७ मत प्राप्त गरेका छन् ।

यहाँ कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । एमाले, नेकपा (एकीकृत समाजवादी), जसपा, राष्ट्रिय जनमुक्ति पार्टी र राप्रपा छुट्टाछुट्टै उमेदवारसहित चुनावी मैदानमा छन् ।

८५ हजार बढी मतदाता रहेको तिलोत्तमामा नगरपालिकामा ६४ हजार ७२० मत खसेको थियो ।

विवादका कारणले दुई दिन रोकिएको मतगणना द्रुत गतिम चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro