site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप यही जेठ ९ गतेदेखि हुने भएको छ ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ४० व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यससँगै १२ एमेच्योर खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

दुई चरण गरेर ३६ होलको खेलपछि कट गरिनेछ । कटपछि शीर्ष २१ र बराबरी अंक ल्याउने खेलाडीले बाँकी ३६ होलमा फाइनल चरणको प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २१ सँगै ६ एमेच्योर खेलाडीले पनि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

Global Ime bank

प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । चौथो हुनेले ९५ हजार र पाँचौँ हुनेले ८७ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । त्यसका साथै शीर्ष २१ मा पर्ने अरू गल्फरले पनि नगद पुरस्कार जित्नेछन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपकै प्रो–एम प्रतियोगिता भने जेठ ८ गते हुनेछ । यो प्रतियोगितामा २० व्यावसायिक गल्फर र ७५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय