site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनकपुरधाममा ‘बागी’ निरन्तर अगाडि
मनोजकुमार साह । फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार उनले ६ हजार २९१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका नगर सभापति समेत रहेका साह पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा यहाँ प्रमुख पद कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)लाई छोडेको थियो ।

Agni Group
NIC Asia

मनोजकुमारलाई नेकपा (एमाले)का उमेदवार शिवशंकर साहले चार हजार १२३ मतसहित पछ्याइरहेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले दुई हजार ६४७, स्वतन्त्र उमेदवार बलराम महतोले दुई हजार १५३ मत पाएका छन् । गठबन्धनका तर्फबाट जसपाका उमेदवार लालकिशोर साहले एक हजार ८३८ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार किशोरी साह ६ हजार ९६६ मत ल्याएका छन् । एमालेकी रुणा झाले चार हजार ७०३ मतसहित पछ्याइरहेकी छन् । यस्तै, लोसपाकी उमेदवार रीताकुमारी मिश्रले दुई हजार ७०८ र स्वतन्त्र उमेदवार निर्मल चौधरीले दुई हजार १९१ मत पाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu