site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिल बैंक र लगानी बोर्डबीच सम्झौता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालसँग साझेदारी गरेको छ । यस सम्झौताअन्तर्गत बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताका लागि बोर्डसँग सहकार्य गर्नेछ ।

नबिल बैंक पूर्वाधार विकासमा विगत ३७ वर्षदेखि योगदान गर्दै आइरहेको छ । यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० वर्षदेखी नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ ।

Agni Group
NIC Asia

उक्त साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवद्र्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा यस्तै अन्य पूर्वाधारका कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पूरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विदेशी लगानी भित्र्याउन बैंकको महत्वपूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलोपटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए । 

Global Ime bank

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउन ध्यान दिएको बताए । लगानी बोर्डको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरान्वित भएको प्रमुख कार्यकारी अधिकृत शाहले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu