site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार सुरक्षा 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली अभिनेत्री सुरक्षा पन्त विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुने भएकी छन् । उनी कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुनका लागि मंगलबार फ्रान्स जाँदैछिन् ।
 
अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त चलचित्र छनोटमा परेपछि उनलाई कान्सबाट फेस्टिभलमा सहभागी हुन निम्तो आएपछि उनी कान्स फिल्म फेस्टिभल जान लागेकी हुन् । 

फ्रान्स जानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेकी उनले बाह्रखरीसँग भनिन्, “एक महिना अघि द एट माउन्टेन्सको केही भाग नेपालको मनाङमा छायांकन भएको थियो । त्यहीबेला उनीहरूलाई एउटा नेपाली पात्र पनि चाहिएकोले त्यसमा मैले अभिनय गर्ने मौका पाएँको थिएँ ।”
 
‘द एट माउन्टेन्स’ सोही नामको अवार्ड जित्न सफल उपन्यासमा आधारित चलचित्र हो । यस चलचित्रलाई बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शले निर्देशन गरेका हुन् ।
 
अभिनेत्री पन्तका अनुसार उक्त चलचित्रको स्क्रिनिङ बुधबार साँझ हुँदै छ, “हाम्रो चलचत्रिको स्क्रिनिङ भोलि साँझ हुँदै छ । हाम्रो टिमसँग रेड कार्पेटमा जाने अनि फोटोसुटको कार्यक्रम पनि छ ।” 

कान्समा नेपालबाट अरु कालकार तथा फिल्मकर्मीहरु गैसके पनि कान्सबाट अफिसियल निमन्त्रणा आएर रेडकार्पेटमा नै हिड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् ।
 
केही वर्षअघि प्रियंका कार्की पनि कान्समा गएकी थिइन् । तर उनी कान्सको अफिसियल निमन्त्रणामा गएकी थिइनन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro