site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन आयोगले भन्यो– मतगणनामा अनावश्यक हुलहुज्जत र नाराबाजी नगर्नोस्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने गरी हुलहुज्जत र नाराबाजी नगर्न समेत आग्रह गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा मतगणनामा ढिलाइ भए यही जेठ ५ गतेअगावै गणना सम्पन्न हुन नसक्ने उल्लेख गरिएको छ ।

“...यस किसिमको गतिविधिबाट आयोगको पूर्वयोजनाअनुसार जेठ ५ गतेअगावै मतगणनाकार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको हुँदा मतगणना निर्देशिकाको व्यवस्था, आयोगबाट दिइएको निर्देशन तथा विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जिज्ञासामा आयोगबाट गरिएको निर्णय समेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने,” विज्ञप्तिमा लेखिएको छ, “उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरूलाई मतगणनाकार्यमा प्राथमिकतासाथ खटाउने, स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्नेे, मतगणनाकार्यमा खटिएका कर्मचारीहरूले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधनसहित)को अध्ययन गरी मतगणनाकार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उमेदवार तथा उमेदवारहरूका प्रतिनिधिहरू व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणनाकार्यलाई अझ व्यवस्थित रूपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न/गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro