राजनीति
![पर्सामा वर्षाले स्थगित मतदान पुनः सुरु](https://12khari.top/uploads/posts/279748093_685192542707041_6979902917671764710_n1652424399.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । पर्साका स्थानीय तहमा वर्षाका कारण स्थगित भएको मतदान पुनः सञ्चालन भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार वर्षाका कारण स्थागित भएको मतदान प्रक्रिया वर्ष रोकिएसँगै सञ्चालन भएको हो । वर्षाका कारण ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा झन्डै एक घण्टा मतदान रोकिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सामा ५० प्रतिशत बढी मतदान भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्